१५ असार २०८३, सोमबार
,
Latest
पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङमा प्रदर्शनकारीहरुलाई खुर्सानीको धुलो प्रहार



अ+ अ-

काठमाडौं । हङकङमा सरकारविरोधी प्रदर्शनले विकराल रुप लिएको छ । प्रदर्शनकारीहरुले विमानस्थललगायत सहरका मुख्य सडकहरु अवरुद्ध गरेपछि प्रहरीले प्रदर्शनकारीहरुमाथि आइतबार खुर्सानीको धुलो प्रहार गर्दा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शनकारीहरुले विमानस्थल जाने रेलवे सन्चालन गर्न नदिँदा सयौं यात्रीहरु पैदलै विमानस्थल पुग्ने गरेका छन् । सरकारविरोधी प्रदर्शनमा सहभागी लाखौं प्रदर्शनकारीहरुमध्ये उग्र र शंकास्पद केही प्रदर्शनकारीहरुमाथि प्रहरीले खुर्सानीको धुलो प्रहार गरेको बताइएको छ ।

प्रदर्शनकाक्रममा कयौं प्रदर्शनकारीहरु घाइते भएका छन् । हङकङमा पछिल्लो समय भइरहेको प्रदर्शन स्वतन्त्रता र स्वायतत्ताको मागतर्फ अघि बढिरहेको छ । कुनैबेला बेलायतको उपनिवेशकारुपमा रहेको हङकङ हाल एक राष्ट्र दुई प्रणालीअन्तर्गत् चीनको एक महत्वपूर्ण अंगकारुपमा रहेको छ ।

सरकारले चीनतर्फ सुपुर्दगी गर्ने व्यवस्थासहितको विधेयक ल्याउने तयारी गरेपछि हङकङमा सुरु भएको प्रदर्शन अहिलेसम्म जारी छ ।