६ असार २०८३, शनिबार
,
Latest
रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कश्मीरमा भारतीय कदम अस्वीकार्य: अमेरिकी नेता स्यान्डर्स



अ+ अ-

काठमाडौं । अमेरिकी बरिष्ठ नेता बर्नी स्यान्डर्सले कश्मीरमा भारतीय कदम अस्वीकार्य रहेको बताएका छन् । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारमा दाबेदारसमेत रहेका स्यान्डर्सले कश्मीरको अवस्थालाई लिएर आफू चिन्तित रहेको बताएका हुन् ।

सुरक्षाको नाममा कश्मीरमा विरोधको आवाजलाई दबाइएको र स्वास्थ्य सेवाबाट समेत नागरिकलाई वञ्चित गरिएको भन्दै उनले कडा आपत्ति जनाएका छन् । ‘भारतमा कैयौ चिकित्सकले कश्मीरमा भारत सरकारले लगाएको प्रतिबन्धका कारण विरामीको अतिआवश्यक उपचार समेत नपाएको उल्लेख गरेका छन् ।’ नेता स्यान्डर्सले भने।

अमेरिकी मुस्लिम समुदायको एक सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेता स्यान्डर्सले कश्मीरबारे आफ्नो धारणा राखेका हुन् । उनले जम्मू–कश्मीरमा सञ्चार सेवामा लगाइएको प्रतिबन्ध तुरुन्त हटाउन पनि माग गरे।

उनले अमेरिकी सरकारले अन्तर्राष्ट्रिय मानवअधिकारको पक्षमा खुलेर बोल्नुपर्ने माग पनि गरे।