१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र पाकिस्तानबीच युद्ध भए भयावह स्थिती सिर्जना हुन्छ: प्रधानमन्त्री खान



अ+ अ-

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत र पाकिस्तानबीच युद्ध भए भयावह स्थिती सिर्जना हुने चेतावनी दिएका छन् । ५६ औं कन्भेन्सन अफ इस्लामिक सोसाइटी अफ नर्थ अमेरिका (आईएसएनए) लाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले दुई आणविक शक्ति मुलुकबीच युद्धको अवस्था सिर्जना भए त्यो भयावह हुने बताएका हुन् ।

भारतले कश्मीर लिएको नयाँ कदमको विरोध गर्दै खानले यो मुद्दामा अन्तर्राष्ट्रिय समुदायले हेर्नुपर्नेमा जोड दिए । ‘यदि दुई परमाणु शक्ति सम्पन्न देशबीच युद्ध भयो भने यो सानो युद्ध हुने छैन। मैले मुस्लिम देशका शासकसँग कुराकानी गरेका छु ।

मलाई थाहा छ कि भारतमा केही मानिसहरु अझै पनि नेहरु र गान्धीको विचारधारमा विश्वास गर्छन्। तर मोदी प्रधानमन्त्री बनेपछि स्थिती बदलिएको छ। मलाई आशा छ कि अन्तर्राष्ट्रिय समुदायले कश्मीरलाई लिएर आफ्नो भूमिका निर्वाह गर्नेछन्।’ प्रधानमन्त्री खानले भने