२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी संगठनहरुको जायज माग सम्बोधन गर्नुहोस्: शिक्षामन्त्री पोखरेल



अ+ अ-

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीहरुसँग सम्वाद थाल्न त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । एमबीबीएसको प्रवेश परीक्षा शुल्क लगायतका विषयलाई लिएर विद्यार्थी संगठनहरुले त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) र काठमाडौं विश्वविद्यालयमा ताला लगाएका छन् ।

आईओएमले २१ भदौमा प्रवेश परीक्षा तोकेको छ । परीक्षा नै प्रभावित हुने अवस्था आएपछि सहकुलपतिसमेत रहेका शिक्षामन्त्री पोखरेलले त्रिवि पदाधिकारीहरु बोलाएर तत्काल वार्ता समिति बनाएर सम्वाद थाल्न निर्देशन दिएका छन् ।

उनले काठमाडौं विश्वविद्यालयलाई पनि वार्ता र सम्वादबाट समस्याको समाधान खोज्न निर्देशन दिएका छन् । उनले विद्यार्थी संगठनहरुको जायज माग सम्बोधन गर्न समेत भनेका छन् ।