२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पौडेलद्वारा तीजको शुभकामना



अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हिन्दू नेपाली नारीको महान् पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेका छन् । तीजका अवसरमा एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश ३ सभ्यता, संस्कृति र कलामा प्रसिद्ध रहेको उल्लेख गरेका छन् । सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीलाई हर्षोल्लासपूर्वक तीज मनाउन अनुरोध गरेका छन् ।

उनले तीजका अवसरमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम सुस्वास्थ्य र दीर्घजीवनको शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री पौडेलले सन्देशमा भनेका छन्, “सभ्यता, संस्कृति र कलामा सयौँ वर्ष अगाडिदेखि नै यस प्रदेशले प्रसिद्धि पाएको छ । यस प्रदेशमा अनगिन्ती प्राकृतिक, सांस्कृतिक र पुरातात्विक सम्पदा छन्, बहुजाति, भाषा, धर्म, संस्कृतिले भरिपूर्ण यो प्रदेश सामाजिक, सांस्कृतिक, जातीय, धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ ।”

हरितालिका तीज पर्वले हामी सबैमा सांस्कृतिक तथा पारिवारिक, सामाजिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोय पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।