६ असार २०८३, शनिबार
,
Latest
होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिवालयमा भक्तजनको भीड



अ+ अ-

भक्तपुर । महिलाको प्रमुख चाड तीजका अवसरमा आज यहाँका प्रमुख शिवालयमा भक्तजनको भीड लागेको छ । ब्रह्मा, विष्णु र महादेवको त्रिमूर्तिका रुपमा मानिने प्रसिद्ध दत्तात्रय मन्दिर, केदारनाथको शिर मानिएको सूर्यविनायक–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर, आशापुरी महादेव मन्दिर, चित्तपोलको कैलाशनाथ महादेव मन्दिर, सिरुटारको सोमलिङ्गेश्वर, गुप्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव मन्दिर, गुण्डुको अनन्तलिङ्गेश्वर महादेव मन्दिरलगायतमा आज महिला दर्शनार्थीको आज बिहानैदेखि घुइँचो लागेको छ ।

सिरुटारको गुप्तेश्वर महादेव मन्दिरमा मन्दिर व्यवस्थापन समितिले दोहोरी गीतको आयोजना गरेको समितिका भाइकृष्ण श्रेष्ठले जानकारी दिए । व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिएको छ । डोलेश्वरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

सहज रुपमा दर्शनका लागि डोलेश्वर विकास समितिले मन्दिरको चारै ढोका खुला गरेको समितिका कोषाध्यक्ष मोहन बल्लभले जानकारी दिए । व्यवस्थापनमा प्रहरी एवम स्वयंसेवक परिचालन गरिएको छ । दत्तात्रय मन्दिरमा पनि दर्शनार्थीको घुइँचो लागेको छ ।