२८ भाद्र २०८३, आईतवार
,
Latest
१२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या



अ+ अ-

काठमाडौं । राजधानीको पुरानो सिनामङ्गल नाकटीस्थित प्राचीन एवं ऐतिहासिक नागेश्वर महादेव मन्दिरअघि वर्षात्को बाढीले ल्याएको माटोले मन्दिर प्रवेशमा असहजता भएको छ ।

मन्दिरको मूल ढोकाअघिको प्रवेश मार्गमा बर्षात्को पानीले तीन फिट बराबर हिलो माटो र कङ्क्रिट जम्मा भएको नागेश्वर तथा वाणेश्वर मन्दिर व्यवस्थापन एवं संरक्षण समितिका अध्यक्ष प्रकाश रायमाझीले राससलाई जानकारी दिनुभयो । मन्दिरअघि जमेको माटोले नागेश्वरका नित्य दर्शनार्थीलाई मन्दिर प्रवेश गर्न एक हप्तादेखि असहज भएको उहाँले बताउनुभयो ।

मन्दिर परिसरभित्र पनि पानी र हिलोले गर्दा बगैँचाका फूल एवं रुख, बिरुवालाई पनि असर गरेको छ । सरसफाइ एवं बाटोको अवरोध हटाउन काठमाडौँ महानगरपालिका-३२ सँग अनुरोध गरिएको समितिले जनाएको छ । नेपाली नारीहरूको पर्व तीजमा हजारौँ दर्शनार्थी मन्दिरमा पूजा, आराधना एवं दर्शनका लागि आउने गर्छन् ।

तीजको अघिल्लो दिनसम्म पनि मन्दिरको मूल ढोकाअघिको माटो नपन्छाउँदा प्रवेशमा समस्या भएको मन्दिरका पुजारी जगन्नाथ खनालले बताउनुभयो । प्राचीन सम्पदा संरक्षणमा सम्बन्धित निकाय र स्थानीय सरकारले ध्यान नदिँदा समस्या भएका स्थानीयवासीको गुनासो छ ।

पशुपति क्षेत्रस्थित गौचरणमा पर्ने नागेश्वर मन्दिर विमानस्थल विस्तार गर्ने क्रममा २०६८ सालमा मन्त्रिपरिषद्को निर्णय अनुसार यहाँको सार्वजनिक जग्गामा स्थानान्तरण गरिएको थियो ।