१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाद्वारा तीजको शुभकामना



अ+ अ-

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजको अवसरमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

उनले एक शुभकामना सन्देशमार्फत हाम्रो देश अनेक धर्म, संस्कृति र पर्वले समृद्ध भएको उल्लेख गर्दै यस्ता पर्व हाम्रा पहिचान र गौरव भएको बताएका छन् । अनेक विमतिका वीचमा पनि हाम्रो समाजमा सौहाद्रता र एकतालाई मजबुत तुल्याउन यस्ता पर्वहरुले योगदान पुर्याउँदै आएको सभापति देउवाले बताएका हुन् ।

तीजमा महिलाहरु माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यस पर्वको विशेष महत्व रहेको उल्लेख गर्दै उनले तीजले हाम्रो समाज र सबैको पारिवारिक जीवनमा सुखद् अपनत्व अभिवृद्धि गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।