१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेम्बेलेलाई लोनमा पीएसजी पठाउने बार्सिलोनाको तयारी



अ+ अ-

काठमाडौं । बार्सिलोनाले आफ्ना स्टार खेलाडी ओसमान डेम्बेलेलाई लोनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) जान आग्रह गरेको छ ।

‘एसइआर’का अनुसार बार्सिलोनाका खेल निर्देशक इरिक अबिडाल तथा प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले फ्रेन्च स्टार डेम्बेलेलाई लोनमा पीएसजी जान आग्रह गरेका हुन् ।

अहिले डेम्बेले नेयमार सरुवाको एक विकल्प हुन् । बार्सिलोनाल डेम्बेलेलाई लोनमा पीएसजी पठाएर आफ्ना पूर्वस्टार नेयमार भित्र्याउने योजनामा छ । यद्यपि, २२ वर्षीय डेम्बेले भने बार्सिलोना छोड्ने मनसायमा नरहेको बताइएको छ । त्यैपनि बार्सिलोनाले उनलाई लोनमा पीएसजी जान आग्रह गरेको खबरमा उल्लेख गरिएको छ ।

पीएसजीका प्रशिक्षक थोमस टुचेलले केही समयअघि आफूलाई डेम्बेलेसहित माग गरेअनुरुपको रकम दिए नेयमार उपलब्ध भएको बताएका थिए । अहिले पीएसजीले बार्सिलोनालाई नेयमार दिन ठूलो रकमको माग गरिरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

बार्सिलोनाले नेयमारको लागि १ सय ६० मिलियन युरोसहित बोनसका प्रस्ताव राखेको थियो । तीन किस्तामा तिर्ने तरिकाले बार्सिलोनाले सो प्रस्ताव राखेको थियो । तर, सो प्रस्ताव पीएसजीले नकारेको हो । पीएसजीले आफ्नो मागभन्दा कम भएको भन्दै बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको बताइएको छ ।

गत मंगलबार मात्र ला लिगा च्याम्पियन क्लब बार्सिलोनाले पीएसजीका प्रतिनिधिसँग पेरिसमा भेट गरी नेयमारको सरुवाको विषयमा निर्णायक छलफल गरेको थियो । मंगलबार दिउँसो बार्सिलोनाका सिइयो ओस्कार ग्राउ र बार्सिलोनाका प्रतिनिधिहरु नेयमारको सरुवा विषयमा अन्तिम निर्णय लिन पेरिस पुगेका थिए । तर, बार्सिलोनाले प्रस्ताव राखेको २ दिनपछि पीएसजीले सो प्रस्ताव अस्वीकार गरेको हो ।