१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङ प्रदर्शनः २०० विद्यालयका १० हजार विद्यार्थीले गरे कक्षा बहिष्कार



अ+ अ-

काठमाडौं । हङकङमा नयाँ शैक्षिक वर्षको पहिलो दिन माध्यमिक विद्यालय र विश्वविद्यालयका हजारौँ विद्यार्थीहरुले कक्षा बहिष्कार गरेका छन् ।

कक्षा बहिष्कारमा २०० विद्यालयका १० हजार माध्यमिक विद्यार्थीहरुले भाग लिएको आयोजकहरुले अनुमान गरेका छन् ।सोमबार बिहानै प्रदर्शनकारीहरुले विभिन्न स्टेशनहरुमा रेल सेवाहरु अवरुद्ध गर्दा स्टेशनमा यात्रुहरुको ठूलो भिड लागेको थियो । तर पछि रेल सेवा फेरि सुरु गरिएको थियो ।

त्यसपछि माध्यमिक विद्यालयका छात्रहरु शहरको मध्य जिल्लामा रहेको एडिनबर्ग प्लेसमा एकत्रित भएका थिए । ‘म कुनै पनि अनुशासनात्मक परिणाम लिनको लागि तयार छुँ’, शाम शुई पो जिल्लामा रहेको एक कलेजका छात्र हङकङको अखबार साउथ चाइना मर्निङ पोस्टलाई बताए ।

गएको शनिबार प्रदर्शनकारीहरुले शहरको संसद भवनमा पेट्रोल बम प्रहारसँगै आगो पनि लगाएका थिए र भिडलाई तितरबितर गर्न प्रहरीले अश्रुग्याँस, रबरको गोली, पानीको फोहोरा प्रहार गरेको थियो ।

हङकङ आफ्नो प्रदर्शनको १४ औँ हप्तामा प्रवेश गर्दैछ । अपराध गरेर हङकङ भाग्नेलाई मुद्दा चलाउनका लागि चीन पठाउने भन्ने ‘सुपुर्दगी’ कानुनको विरोधस्वरुप प्रदर्शन सुरु भएको थियो ।