तिबिलिसी । जर्जियाका प्रधानमन्त्री ममुका बाख्ताजले सोमबार राजीनामाको घोषणा गरेका छन् । संसद्ले सरकार ढलाउने निश्चित देखेपछि उनले राजीनामाको घोषणा गरेको समाचारमा उल्लेख गरिएको छ ।
विकासको प्रारुप बनाइरहेकै बेला आफूले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको उनले बताएका हुन् । राजीनामा घोषणा गर्ने निर्णयमा पुगेपछि उनले फेसबुकमा लेखेका छन्, “मेरो मिसन यस पटक पूरा गर्न सकिन ।”