२७ भाद्र २०८३, शनिबार
,
Latest
ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीः जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी



अ+ अ-

काठमाडौँ, २७ भदौः नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा विद्युत् गृहमा फसेकाको उद्धारलाई प्राथमिकतामा राखी खोजी गरिरहेको छ ।

सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले रसुवाको स्याफ्रुबेँसीबाट चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म पुग्ने करिब एक किलोमिटर बढी पहुँच सडक निर्माण गरी हराइरहेकाको खोजी जारी राखिएको जानकारी दिनुभयो ।

चिलिमे आयोजनाको सुरुङ क्षेत्रमा ठाउँ साँघुरो हुँदा हेलिकप्टरबाट डोजर झार्न नसकिएकाले पहुँच सडक निर्माण गर्नुपरेको हो ।

सेनाको उद्धार टोली त्यस कार्यमा २४सै घण्टा खटिइरहेको छ । उहाँले भन्नुभयो, “त्यहाँ बाढीले ल्याएको एकदमै बाक्लो लेदो रहेछ, हाम्रो टोलीले रातभरि नै सुरुङ सफा गरिरहेका छन् ।”

सेनाका अनुसार माथिल्लो त्रिशूली–१ बाट हालसम्म चार वटा शव सङ्कलन भएको छ ।

त्रिूशली–३ ‘बी’मा र चिलिमेलाई केन्द्रित गरेको उद्धारका प्रयास भइरहेको सेनाले जनाएको छ । त्रिशूली–३ बीमा एक सयभन्दा बढी फौज उद्धारमा खटिइएका छन् ।

यस्तै, चिलिमे आयोजनाको सुरुङमा अहिले नेपाली सेना र भारतीय उद्धारकर्मीले संयुक्त रूपमा उद्धार प्रयास जारी राखेको छन् ।रासस