१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

९ घण्टाका लागि चिनियाँ राष्ट्रपति सि नेपाल भ्रमणमा आउने



अ+ अ-

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपाल भ्रमण लगभग पक्का भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सि नेपाल आउने तय भएको हो ।

राष्ट्रपति सी असोज २८ गते ९ घण्टाका लागि काठमाडौं आउने बताइएको छ । २३ वर्षपछि हुन लागेको चीनका राष्ट्रपतिको नेपाल भ्रमणको तयारीको क्रममा बेइजिङको एउटा सुरक्षा टोली केही दिनअघि काठमाडौंबाट फर्केको थियो ।

तीन महिना अघि चीन भ्रमणको क्रममा बेइजिङमा राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणा स्वीकार गर्दै राष्ट्रपति सीले नेपाल आउन उत्सुक रहेको जनाएका थिए।