काठमाडाैंः वादोकाइ करातेले चौथो नेपाल सितोरियो सोबुकान खुला राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ६ स्वर्ण, ३ रजत र १ कांस्य जित्दै वादोकाइ समग्रमा टिम च्यायम्पियन बन्यो ।
नेपाल सितोरियो सोबुकान कराते डो संघको आयोजनामा भएको प्रतियोगितामा नरहरिपुर डोजो समान ३–३ स्वर्ण, रजत र कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको मानसिंह डोजोले २ स्वर्ण, १ रजत र ५ कांस्य हात पा¥यो ।
भक्तपुरको बालकोटमा भएको प्रतियोगिताको कुमुतेतर्फ पुरुषमा वादोकाइका सन्तोष श्रेष्ठ र महिलामा बच्चु डोजोकी निमा शेर्पा उत्कृष्ट खेलाडी घोषित भए । काताको पुरुषमा नरहरिपुरका मनीष कार्की तथा महिलामा प्रयागपोखरीकी मिरा खाती उत्कृष्ट खेलाडी चुनिए । भक्तपुर डोजोले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, समापन कार्यक्रमका सभापति सजन श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा ४ सय खेलाडीले विभिन्न १७ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सनिश श्रेष्ठले जनाएका छन् ।