२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुहरुमाथि भएका क्रुर व्यवहारले नेपालको छवी धुमिल पार्‍यो: महानिर्देशक शर्मा



अ+ अ-

काठमाडौं । पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले सुर्खेत र खोटाङमा पशुहरुमाथि भएका क्रुर व्यवहार अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि धुमिल पार्ने खालको भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले घटनाका दोषी पत्ता लगाई हदैसम्मको कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।

डा. शर्माले घटनाको छानबिन गर्न समिति गठन गरिएको र घाइते पशुहरुको उपचार भैरहेको जानकारी दिए । यता नेपाल भेटेनरी एशोसिएसन र स्नेहाज केयरले आज संयुक्त विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई दण्डित गर्न माग गरेका छन् ।

पशु व्यवस्थापनमा सृजनात्मक, दीर्घकालिन तथा मानवीय उपाय अबलम्बन गर्नुपर्नेमा यस्ता क्रुर घटना हुनु गैह्रजिम्मेवारपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ । केही समय अघि मात्र खोटाङमा छाडा कुकुरहरुलाई बर्बरतापूर्वक मारिएको थियो भने गत हप्ता सुर्खेतमा सयौं गाईगोरु भिरबाट खसाल्दा ३० भन्दा बढी मरेका थिए ।