४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौहत्या: अनुसन्धान गर्न कर्णाली प्रदेशमा छुट्टै समिति बनाइयो



अ+ अ-

काठमाडौं । बाँके नेपालगन्ज उपमहानगरबाट दैलेख लैजाँदै गरेका गाईगोरु भीरबाट खसालेको अभियोगमा प्रहरीको नियन्त्रणमा रहेका सात जनालाई अनुसन्धानका लागि सोमबार म्याद थपिएको छ।

गाईगोरु बोकेका ट्रक चालक पाँच जना र दुई जना सहचालकलाई अनुसन्धानका लागि भन्दै जिल्ला अदालत सुर्खेतले सात दिनको म्याद थपेको हो।

उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो। चालक शत्रुधन चौधरी, दामोदर केसी, सागर विक, विवेक कुँवर, हिमबहादुर जिसी, सहचालक अमृत चौधरी र कृष्णबहादुर बिसीलाई अनुसन्धानका लागि जिल्ला अदालत सुर्खेतले म्याद थप गरेको छ।

यस विषयमा छानविन गर्न कर्णाली प्रदेशमा पनि समिति बनाइएको छ। प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भोला रावलको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको हो। यो समितिले कर्णाली प्रदेशमा भित्रिएका चौपायाका बारेमा अनुसन्धान गर्नेछ।

गौहत्यासँग जोडिएको पाटो जिल्ला प्रहरी कार्यालयले हेर्ने र गठित समितिले प्रहरी चेकपोस्ट तथा सम्बन्धित युनिटहरुबाट केका आधारमा गाईगोरु भित्रिए भन्ने विषय हेर्ने डिआईजी जोशीले बताए।

नेपालगन्ज उपमहानगरमा रहेको कान्जीहाउसबाट तीन सय ७० गाईगोरु र बाच्छा बाच्छीलाई दैलेखको भैरवी गाउँपालिका–१ को श्रीस्थान पुर्‍याउन भन्दै बीहिबार साँझ नेपालगञ्जबाट पठाइएको थियो। तीमध्ये वीरेन्द्रनगरको ब्यूरेनी, सुब्बाकुना र कटकुवामा गाई भीरबाट खसालिएको थियो। ३५ गाईगोरु मरेको भेटिएको छ।

तीमध्ये कटकुवामा २१, ब्युरेनीमा ८ र सुब्बाकुना नजिक ६ गाई मरेका हुन्। सबैलाई वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा गाडिएको छ।

गाई झारेर फर्कंदै गरेका ८ ट्रकमध्ये प्रहरीले बबईबाट पाँच ट्रकसहित चालक र सहचालक गरी सातजनालाई पक्राउ गरेको थियो। बाँकी तीनवटा ट्रक, तिनका चालक, नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गतको नगर प्रहरीका प्रहरी निरीक्षक सूर्य बोगटीसहित यसमा संलग्नहरुको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक रबी रावलले जानकारी दिए ।