१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा बस दुर्घटना: ४ जनाको अवस्था गम्भीर



अ+ अ-

प्युठान । प्युठानको स्वर्गद्वारीबाट कपिलबस्तु जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सोमबार दिउँसो स्वर्गद्वारीबाट कपिलबस्तुतर्फ आउँदै गरेको लु२ख ६२३९ नम्बरको बस दाङको गडबा नगरपालिका १ जुरौनीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा १५ जना घाइते बनेको र घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी विनोदविक्रम शाहले जानकारी दिए।

प्रहरीका अनुसार घाइतेहरुको अहिले दाङको राप्ती पोलिक्लिनिक भालुवाङमा उपचार भइरहेको छ ।