१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कागजात रोकेर मालपोतका कर्मचारीले मागे एक लाख



अ+ अ-

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, बाराको मुद्दा फाँटमा करार सेवामा पूर्व कार्यरत हरिमोहन सिंह क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुस रकमसहित पक्राउ गरेको छ।

विशेष उजुरीको आधारमा आयोगको कार्यालय हेटौडाबाट खटिई गएको टोलीले क्षेत्रीलाई सेवाग्राहीसँग एक लाख घुस बापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाट रंगेहात नियन्त्रणमा लिएको हो।

आयोगको कार्यालय हेटौडाले माग गरेको जग्गा सम्बन्धी कागजातहरू नपठाई केही समयको लागि रोकेर राखिदिने भन्दै बिभिन्न बहाना बनाई सेवाग्राहीसँग उनले घुस रकम माग गरेको अख्तियारले जनाएको छ।