१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा बस दुर्घटना: १५ घाइते, ४ को अवस्था गम्भीर



अ+ अ-

दाङ । दाङको गडबा नगरपालिका १ जुरौनीमा बस दुर्घटना भएको छ ।

सोमबार दिउँसो स्वर्गद्वारीबाट कपिलबस्तुतर्फ आउँदै गरेको लु २ ख ६२३९ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परेर १५ जना घाइते बनेको र घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी विनोदविक्रम शाहले जानकारी दिए।

घाइतेहरुको अहिले दाङको राप्ती पोलिक्लिनिक भालुवाङमा उपचार भइरहेको छ।