६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

राजपा जुट्यो महाधिवेशन तयारीमा, राजपा-समाजवादी एकीकरण नहुने

राजपा जुट्यो महाधिवेशन तयारीमा, राजपा-समाजवादी एकीकरण नहुने
अ+ अ-

काठमाडौं। राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीसँग एकता विषयमा वार्ता नै नभएको खुलासा गरेका छन् । काठमाडौं बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अध्यक्ष मण्डल बैठकमा एकता छलफलबारे जानकारी गराउँदै महतोले अहिलेसम्म ‘औपचारिक वार्ता नै नभएको’ खुलासा गरेका हुन् । ‘उहाँहरूस“ग भेटघाट भएको बेला समान्य छलफल मात्र भएको हो,’ बैठकमा आफ्नो कुरा राख्दै महतोले भने, ‘औपचारिक रूपमा वार्ता भएकै छैन, अहिलेसम्मको प्रगति केही त्यस्तो पनि छैन ।’

एकताका लागि पार्टीद्वारा गठित वार्ता समिति संयोजकसमेत रहेका महतोले ‘अनौपचारिक रूपमा भएको छलफल सकारात्मक रहे पनि औपचारिक रूपमा वार्ता भने नभएको’ जानकारी बैठकलाई गराएका छन् । राजपा नेपाल विचार, सिद्धान्त, नीति तथा कार्यक्रम मिल्ने पार्टीस“ग एकीकरण गर्ने पक्षमा छ । समाजवादीले एकीकरणका लागि चासो व्यक्त गरेपछि राजपाले पनि वार्ता समिति नै गठन गरेको थियो ।

समाजवादी सहअध्यक्ष एवं वार्ता समिति सदस्य राजेन्द्र श्रेष्ठले राजपा नेपालस“ग एकीकरण गर्न अहिलेसम्म ‘औपचारिक वार्ता नभएको’ प्रस्ट पारे । भेटघाटमा छलफल भए पनि औपचारिक छलफल नभएको उनको प्रस्टोक्ति छ ।
राजपा नेपालको जारी अध्यक्ष मण्डल बैठकमा नेताहरू पार्टी महाधिवेशन तयारीमा जुटनुपर्ने निष्कर्षमा पुगेका छन् । तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका ७ मध्ये ६ पार्टी मिलेर राजपा नेपाल घोषणा भएको थियो ।

राजपा नेपालले यसअघि नै आगामी २८, २९ र ३० कात्तिकमा महाधिवेशन मिति तय गरिसकेको छ । ७ वैशाख २०७४ मा राजपा नेपाल घोषणा भएको थियो । तर, यसबीच पटक–पटक महाधिवेशन मिति तोकि“दै स्थगित हु“दै आएको छ ।
६ वटै दल संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा क्रमशः अध्यक्ष मण्डल संयोजक हु“दै
आएका छन् । अध्यक्ष मण्डल ‘सिन्डिकेट’का आधारमा सञ्चालन भएको भन्दै पार्टी नेताले विरोध गर्दै तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने दबाब दिइरहेका छन् ।

यसअघि बसेको राजनीति समिति पदाधिकारी बैठकमा तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने माग उठेको थियो । अध्यक्ष मण्डल संयोजक राजकिशोर यादवले तोकिएकै समय महाधिवेशन गर्न तयारीमा जुटिसकेको जानकारी दिए ।
राजपा नेपाल महासचिव जितेन्द्र सिंहले महाधिवेशन तोकिएकै मितिमा हुने दाबी गरे । पार्टी नेताको चाहना एवं अन्यको मागबमोजिम महाधिवेशन तोकिएकै मितिमा हुने बताउँदै उनले त्यसमा कुनै पनि हालतमा परिवर्तन सम्भव नभएको बताए । राजपा नेपाल सचिव सञ्जय यादवले अध्यक्ष मण्डल बैठक चलिरहेको बताउँदै तोकिएकै मितिमा महाधिवेशन गर्न कार्ययोजनासहित अघि बढ्ने उल्लेख गरे ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।