६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कुलोसमेत छाडेनन् भूमाफियाले

कुलोसमेत छाडेनन् भूमाफियाले
अ+ अ-

सिन्धुली । सिन्धुलीमा गुठीको जमिन अतिक्रमणसँगै खोला तथा कुलोसमेत अतिक्रमणमा परेको पाइएको छ। भूमाफिया र स्थानीयको मिलेमतोमा घडेरी प्लानिङ तथा पुरानो बस्तीका नाममा खोला तथा नदीको धार नै परिवर्तन गरेर जग्गा अतिक्रमण गरिएको हो। जिल्लाको भौगोलिक क्षेत्रफल २ हजार ४ सय ९१ वर्ग किलोमिटरमा फैलिएको छ। उक्त क्षेत्रफलमध्ये २ लाख ४७ हजार ७ सय ९ हेक्टर मुख्य क्षेत्र र २५ हजार ९१ हेक्टर क्षेत्रफल बगर रहेका साना(ठूला गरी १ सय ४९ वटा खोला तथा नदी छन्। यो क्षेत्रफलमध्ये ६ हजार हेक्टरभन्दा बढी क्षेत्रफल खोला तथा नदीको जग्गा व्यक्तिले अतिक्रमण गरेर हडपेको अनुमान छ।

कमलामाई नगरपालिकाका स्थानीय जानकार सुरेन्द्र श्रेष्ठका अनुसार कामलामाई नगरपालिकामै ०३० सालयता ग्वाङखोला, रानीखोला, लब्दाह खोला, गडौली खोला मानव अतिक्रमणमा परेका छन्। ‘२०३० सालसम्म ५० मिटरभन्दा बढी चौडा क्षेत्रफलमा बग्ने गरेका यस्ता खोलाको चौडाइ अहिले मुस्किलले १० मिटर पनि पुग्दैनन्। ‘खोलाका दायाँ-बायाँ दुवैतर्फ स्थानीयले अतिक्रमण गरेर घर तथा टहरा, खेतीयोग्य जमिन बनाउँदा खोला पूरै साँघुरिएर गएका हुन्’, श्रेष्ठले भने। यसरी अतिक्रमण गरिएका खोलाका जग्गा कतिपयले लागत उठाई नापजाँच गराएर आफ्नो नाममा दर्ता नै गराइसकेको उनको भनाइ छ।

यस्ता नदीको दायाँ-बायाँ ठुल्ठूला ग्याबिन तथा पर्खाल नै लगाएर स्थानीयले खोला साँघुरो बनाएका छन्। खोला तथा नदीको जग्गा अतिक्रमण गरेर कतिपय स्थानमा व्यक्तिले जग्गा प्लानिङ गरेर बनाइएका घडेरीसम्म सडकसमेत पुर्‍याउन खोला तथा मूल कुलो अतिक्रमण गरेको कमलामाई नगरपालिका-६ का दिवाकर थापाले बताए।

जग्गा आफ्नो हुन हकभोग र तिरो तिरेको हुन जरुरी छ। ग्रामीण क्षेत्रमा पनि खोला तथा मूलकुलो अतिक्रमणमा परेका छन्। गाउँमा ठूलो क्षेत्रफलमा सिँचाइका लागि प्रयोग हुँदै आएका सार्वजनिक मूलकुलो खेतीयोग्य जमिन घडेरीका रूपमा प्लानिङ गरेर बिक्री गर्न थालिएसँगै लोप भएका छन्।

नापी कार्यालयको नक्सामा भेटिने यस्तो कुला र खोलाको क्षेत्रफल सम्बन्धित क्षेत्रमा भने चिनोसमेत नरहेको बताइएको छ। खोला तथा मूल कुला हरेक बस्ती र टोलटोलको नक्सामा ०२८ सालको नापीमै छुट्याइएको पाइन्छ।

तर, अहिले कतिपय नक्सामा ती खोला तथा मूलकुलो भेटिए पनि फिल्डामा पुग्दा देख्न नपाइएको जिल्ला नापी कार्यालयका कर्मचारी बताउँछन्। यसरी अतिक्रमण गरिएका बगर तथा खोलाको क्षेत्रफल नै मासेर व्यक्तिहरूले आफ्नो नाममा दर्ता गराउन स्थानीय सरकारमार्फत दबाबसमेत दिन थालेको तथ्य सार्वजनिक भएको छ।

कमलामाई नगरपालिका सिन्धुलीका सामाजिक विकास शाखाका प्रमुख बविन्द्रलाल माझीका अनुसार नगर क्षेत्रका प्रत्येक वडाबाट ऐलानी जग्गाको विवरण संकलन गरिएको र झन्डै पाँच सय बिघाभन्दा बढी ऐलानी जग्गा आफूले भोगचलन गर्दै आएको जग्गाको विवरण स्थानीयले भरेका छन्। ती जग्गा सबै पुनः नापी भएर व्यक्तिका नाममा रजिस्ट्रेसन पास हुने आशामा स्थानीयले भरेका हुन्। प्रायः जग्गा सर्वजनिक, सामुदायिक वन तथा खोला र कुलो अतिक्रमण गरेकै हुन्।

यसरी सार्वजनिक जग्गा अतिक्रमण गरेर व्यक्तिका नाममा छुट दर्ता गराउने हो भने कहीँ पनि सार्वजनिक जग्गा बाँकी नरहने भन्दै स्थानीयले चिन्ता व्यक्त गरिरहेका बेला फिल्डामा जग्गा अतिक्रमण भए पनि मालपोतमा व्यक्तिका नाममा दर्ता गराउन नआएको जिल्ला मालपोत कार्यालय सिन्धुलीका प्रमुख गोविन्दप्रसाद कोइराला दाबी गर्छन्।

‘केही वर्षअघि एक/दुईले कार्यालयलाई नै प्रलोभनमा पार्नेगरी सरकारी र सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा दर्ता गर्न आए पनि त्यसलाई कार्यालयले रोकेको थियो। तर, पछिल्लो समय त्यस्ता घटना भएकै छैनन्’, उनले भने। तर, नापी कार्यालयले जिल्लाभरि सार्वजनिक, कुलो, खोला, वनलगायत जग्गाका लागत अध्यावधिक गर्न नसक्दा त्यसको स्रेस्ता मालपोत कार्यालयले समेत अध्यावधिक गर्न नसकेको कोइरालाको भनाइ छ।

जिल्लामा यस्ता खोला, कुला तथा गुठीका साथै सार्वजनिक जग्गाको यकिन विवरण मालपोत र नापी कार्यालयमा नहुँदा त्यसको निरीक्षण तथा अनुगमन गर्नसमेत निकै कठिन हुने गरेको सरोकारवाला बताउँछन्।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।