६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

गाउँलेलाई भागाभाग गराउने साहुकारलाई लगायो हतकडी

गाउँलेलाई भागाभाग गराउने साहुकारलाई लगायो हतकडी
अ+ अ-

काठमाडौं । सर्लाही मलंगवाका दुर्नाम साहुकार श्याम परदेशीले ६ वर्षमा ऋणमा जालसाजी गरेर फसाएका ७५ गरिबविरुद्ध अदालतमा मुद्दा हालेको खुलेको छ । ०७० देखि गत जेठ मसान्तसम्म जिल्ला अदालतमा परेका यीमध्ये ७३ मुद्दा फैसला भइसकेको छ भने दुईजनाको भने फैसला हुन बाँकी छ ।

फैसला भएका ७३ मध्ये ५८ जनाको मुद्दा अन्तिम फैसला भएर तामेलीमा गइसकेको अदालतका मुख्य न्यायाधीश कृष्णराम कोइरालाले बताए । उनीहरूविरुद्ध ब्याज मात्रै चार करोड ४२ लाख ८२ हजार दाबीसहित मुद्दा परेको थियो । कतिपयले सबै घरजग्गा बेचेर ऋण तिरेका छन् । केहीको घरजग्गा लिलामी भएको छ । ऋण तिर्न नसक्ने कतिपयले जेल भुक्तान गरिसकेका छन् ।

बाँकी १५ जनाको हकमा एक करोड ४७ लाख ९२ हजार तिर्नेगरी फैसला भएको छ । ऋण तिर्न नसक्ने हैसियतका उनीहरूको भागाभाग भएको छ । साँवा र ब्याजमा स्याज पनि जोड्दा ऋण लिएकोभन्दा तेब्बर रकम पुगेको सर्लाही जिल्ला अदालतका रजिस्ट्रार मुकुन्द आचार्यले बताए ।

श्याम परदेशीले आफू, श्रीमती मञ्जुदेवी साह, जेठी छोरी निशा साह, कान्छी छोरी इला साह र ज्वाइँ रामबाबुप्रसाद साहको नाममा सामूहिक रूपमा मुद्दा दायर गरेका थिए । परदेशीले दायर गरेको हेमनारायण साहको १० लाख र युरिनादेवीको पाँच लाख बिगोको मुद्दा मात्रै फैसला हुन बाँकी छ ।

परदेशीले ऋणीसँग एक सय २० प्रतिशतसम्म ब्याज असुलेको पीडितको गुनासो छ । कतिपय जिल्ला न्यायाधीश अहिलेसम्म परदेशीको मात्रै मुद्दा हेरेको बताउँछन् । उनले वर्षौँदेखि पैसा ब्याजमा लगाउने गरेकाले मिसिलहरू एक–एक गरी नहेर्दासम्म सबै मुद्दाबारे जानकारी हुने उनीहरू बताउँछन् ।

परदेशी भन्छन्– सबैसँग गरेर सात करोड उठाउन बाँकी छ
मेरो धेरै पैसा फसेको छ । सयभन्दा बढी ऋणीबाट सात करोड उठाउन बाँकी छ । ब्याजको लोभमा लाग्दा धेरै रकम फसाएको छु । लामो समयसम्म लानेलाई धेरै ब्याज लगाएको छैन । थोरै समयका लागि लानेलाई भने सरकारी ब्याजभन्दा चर्को लिएको हुँ ।

परदेशीलाई जोगाउन नेकपा नेता सक्रिय
विपन्न तथा गरिब परिवारलाई ऋण जालसाजीमा फसाउने साहुकार परदेशीलाई जोगाउन नेकपाकै नेता लागेका छन् । पीडितहरू ऋणको नाममा भएको लुटविरुद्ध उठेपछि परदेशीले नेकपाको केन्द्रीय सदस्यसमेत रहेका जिल्ला सचिव रेवती पन्त र अर्का केन्द्रीय सदस्य अच्युतम काफ्लेको सहयोग मागेका थिए । १२ साउनमा पन्त र काफ्लेकै रोहवरमा उनले ब्याजसहित तिर्नुपर्ने जति भए पनि साँवाको दोब्बर मात्रै रकम तिर्नेगरी ऋणीहरूसँग सहमति गरेका थिए । यो सहमतिको साक्षीमा नेकपा कार्यकर्ता निशान्त थापा मगर, डम्बरबहादुर पाख्रिन र सन्तोषकुमार जैसवालले हस्ताक्षर गरेका छन् । हस्ताक्षरसहितको सहमतिपत्र परदेशीले जिल्ला प्रहरी कार्यालयमा पनि बुझाइसकेका छन् । सहमतिमा अदालती प्रक्रियामा गए ऋणीको हकमा मुद्दा गर्दा लागेको खर्च आपसी छलफलबाट निर्णय गरिने उल्लेख छ । परदेशीसँग मोटो रकम लिएर आफ्नो राजनीतिक धन्दा चलाउन केही नेताहरू लागेको नेकपाका स्थानीय कार्यकर्ताको आरोप छ । पार्टीकै नेता साहुकारको संरक्षणमा लागेपछि पीडितलाई न्याय दिलाउन सम्भव नहुने उनीहरूले बताए ।

परदेशीको सम्पत्ति छानबिन हुँदै
ऋणीलाई जालसाजी ऋण र ब्याजको रकम बढाउने श्याम परदेशीको सम्पत्ति छानबिन हुने भएको छ । सम्पत्ति शुद्धीकरण विभागले आइतबार जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई पत्र लखेर सम्पत्ति छानबिन गर्न निर्देशन दिएको छ । ‘हामीलाई कुनै अभियुक्तको सम्पत्ति छानबिन गर्ने अधिकार हुँदैन,’ सर्लाही प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईले भने, ‘तर, सम्पत्ति शुद्धीकरण विभागले पत्र लेखेर सम्पत्ति छानबिन गर्नू भनेपछि अनुसन्धान थालेका छौँ ।’ उनको परिवार, आफन्तलगायत सबैको सम्पत्ति छानबिन गरी कानुनी दायरामा ल्याइने भट्टराईले बताए । परदेशीले श्रीमती, दुई छोरी–ज्वाइँ र छोरा–बुहारीको नाममा अकुत सम्पत्ति राखेको स्थानीय बताउँछन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।