६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेपालगन्जका गाई पूर्वबाट भारत तस्करी

नेपालगन्जका गाई पूर्वबाट भारत तस्करी
अ+ अ-

लहान । नेपालगन्जबाट पूर्व–पश्चिम राजमार्ग हुँदै भारततर्फ गाई तस्करी भइरहेको छ। सिरहा प्रहरीले सीमावर्ती भगवानपुर गाउँपालिकाबाट नियन्त्रणमा लिई जाँच गरेको ना ६ ख २३६८ नम्बरको ट्रकबाट ५० वटा गाई तथा बाच्छा बरामद भए। बरामदमध्ये गाई र बाच्छा गरी १७ वटा मरेका भेटिए। प्रहरीको अनुसन्धानबाट ती गाई र बाच्छा भारततर्फ लगिँदै थिए।

प्रहरीले ट्रकचालक नेपालगन्ज उपमहानगरपालिका–१ का ३२ वर्षीय ओकेश थापा र अर्का एकजनालाई पक्राउ गरेको छ। मृत गाईलाई प्रहरीले प्रक्रिया पुर्याएर गाडिदियो भने ट्रक, चालक, ३३ वटा गाई तथा बाछोलाई जिल्ला भन्सार कार्यालय ठाढी बुझाएको छ। ठाढी भन्सारका प्रमुख नरेश शाहका अनुसार गाई र बाच्छा तत्काल निलाम गरिदियौं। चालक थापा गाई चोरी निकासी मुद्दामा तीन लाख धरौटी बुझाएर आइतबार साँझ नै छुटेको शाहले बताए।

पशु चोरी निकासी मुद्दामा भन्सारबाट धरौटीमा छुटेपछि इलाका प्रहरी कार्यालय लहानका अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका –१ घर भएका चालक थापा र अर्का एकजनालाई गोवध मुद्दाको पशुपक्षीसम्बन्धी कसुरअन्तर्गत जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको छ। ‘नेपालगन्जबाट गाई भारत तस्करी गर्ने क्रममा १७ वटा गाई मरेको भेटिएपछि गाई मारेको अभियोगमा गोवध मुद्दामा कारबाही अघि बढाइएको छ,’ सिरहा प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले भने, ‘अनुसन्धान सूक्ष्म रूपमा अघि बढाइएको छ। ’

यो धन्दा पहिलादेखि चल्दै आएको थियो। ट्राफिक प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायलाई लाइन मिलाएर चल्दै आएको यो धन्दा पछिल्लो समय प्रदेश प्रहरी प्रमुख परिवर्तनसँगै तस्करीको स्वरूपमा पनि परिवर्तन भएको छ। तस्करले ट्रकमा गाईगोरु राखेर पूर्ण रूपमा त्रिपालले छोपेर लुकीचोरी तस्करी गर्दै आएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको बन्दीपुरमा ट्राफिक प्रहरीको चेक–प्वाइन्ट छ। जहाँ सवारीको नम्बर, कहाँबाट आएको हो रु कहाँसम्म जाने हो ? के मालसामान छ ? जस्ता विवरण जानकारी गराउनुपर्छ। शुक्रबार ना६ख २३६८ नम्बरको ट्रक यो चेक–प्वाइन्टमा नरोकी अगाडि बढ्यो। ट्राफिक प्रहरीले जिल्ला प्रहरी कार्यालयलगायत मातहतमा सूचना जानकारी गरायो। यो जानकारी पछ्याउँदै मिर्चैया चेक–प्वाइन्टमा ट्रकलाई रोक्न खोज्दा नरोकी भाग्यो। यसैगरी गोलबजार, धनगढीमाई र लहानसम्मको चेक–प्वाइन्ट उछिन्दै भागेको सो ट्रकलाई लहान–भगवानपुर–ठाढी सडकखण्ड अन्तर्गतको भगवानपुर गाउँपालिकाबाट नियन्त्रणमा लिइयो।

नियन्त्रणमा लिइएको सो ट्रकको ढाला खोलेर हेर्दा गाईबाच्छा बोकिएको थियो, जसमध्ये धेरै गाईबाछो मरिसकेका थिए। एसपी चतुर्वेदीका अनुसार बाँचेका गाईहरू पनि हिकहिक गर्दै मुख बाइरहेका थिए। ट्रकबाट गाई नजिकैको ठाढी भन्सारमा झारेर पानी र पराल ९खाना० को बन्दोबस्त गरेर ३३ वटा गाईबाच्छाको ज्यान जोगाएको उनले बताए।

मापदण्डविपरीत ढुवानी
पशु ढुवानी मापदण्ड–२०६४ अनुसार पशु–चौपाया (गाई, भैंसी, गोरु) लाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा विभिन्न कानुनी प्रक्रिया पूरा गर्नुपर्छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख (इन्सपेक्टर) खगेन्द्र एक्तेनका अनुसार एउटा चौपाया बराबर दशमलव ८४ देखि एक दशमलव २७ वर्गमिटर फराकिलो स्थान हुनुपर्ने, सरकारी मान्यताप्राप्त पशु चिकित्सकद्वारा प्रदान गरिएको स्वास्थ्य जाँच प्रमाणपत्रसहितको सिफारिस, प्राथमिक उपचार सामग्री, भुइँमा कम्तीमा ६ इन्च भुसले भरिएको हुनुपर्ने, हरेक गाडीमा पशु पठाउने र पाउनेको नाम, दुईतर्फी हावा आउजाउ गर्न सक्नेगरी खुला राख्नुपर्ने, पशुको जात तथा संख्याको विवरण, पशु लोड गरिएको गाडीको विवरण जानकारी गराउनुपर्नेलगायत प्रावधान मापदण्डमा छन्।

नेपालगन्जबाट भारत पुर्याउन ल्याइएका ५० वटा गाई मापदण्डविपरीत कोचिएर ल्याएकाले च्यापिएर मरेको प्रारम्भिक अनुसन्धानबाट पाइएको एसपी चतुर्वेदीले बताए। मापदण्डअनुसार एउटा ट्रकमा साना २२ वटा र ठूला १५ वटा गाई राख्नुपर्ने थियो। ‘तर एउटै ट्रकमा ५० वटा गाई राखेर ल्याएको पाइयो,’ एसपी चतुर्वेदीले भने, ‘यस्तो गर्मीमा चारैतिर त्रिपालले छोपेर यतीधेरै गाई कोचेर ल्याउनु नै अपराध भयो। ’

गाई बोकेको यो ट्रकले नेपालगन्जबाट धनुषाको पोर्ताहा चेक प्वाइन्टसम्मका ट्राफिक प्रहरी, जनपद प्रहरी र सशस्त्र प्रहरीलाई छल्न सफल भएको प्रति स्थानीयले आश्चर्य व्यक्त गरेका छन्। गाईगोरु बोकेको यस्ता ट्रक हिँड्दा राजमार्गका सबै चेक प्वाइन्टलाई यस धन्दाका नाइकेले पूर्वजानकारी गराउने, गाडी नम्बर टिपाउने र सुरक्षाकर्मीहरू चुप लाग्ने परमपरा बनिसकेको उल्लेख गर्द लहानका एक स्थानीयले भने, ‘अहिले प्रहरी प्रमुख परिवर्तन भएर मात्र पक्राउ परेको हो नभए यो ट्रकले सिरहाको चेक–प्वाइन्ट पनि आरामले पार गथ्र्यो। ’

यसैबीच, उदयपुरमा गाई काटेको अभियोगमा प्रहरीले पक्राउ गरेका चारजनालाई जिल्ला अदालतले अनुसन्धानका लागि सात दिनको म्याद दिएको छ। गाई काटिरहेको सूचना आएपछि प्रहरी घटनास्थल पुग्दा गाई काटिरहेका उदयपुर चौदण्डी नगरपालिका–३ बाट चारजनालाई पक्राउ गरिएको उदयपुर प्रहरी प्रमुख दिलबहादुर बुढामगरले बताए। जिल्ला अदालत उदयपुरले चौदण्डी–३ का ५५ वर्षीय रामप्रसाद राई, ६० वर्षीय रामकुमार राई, २१ वर्षीय मनिष राई तथा १८ वर्षीय प्रवीण राईलाई गोवध अभियोगमा अनुसन्धान गर्न म्याद दिएको हो।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।