६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मापदण्डविपरीत सडक बनाउँदा दर्जनौं बस्ती जोखिममा

मापदण्डविपरीत सडक बनाउँदा दर्जनौं बस्ती जोखिममा
अ+ अ-

काठमाडौं । स्थानीय तहले विकासका नाममा जताततै डोजर लगाएर सडक खनेपछि त्यसको गम्भीर असर देखिन थालेको छ। कुनै अध्ययन र योजनाबिना डोजरले खोस्रेका सडक विनाशकारी बन्दैछन्। यस्ता सडकमा सवारी दुर्घटना भएर कयौंले अकालमै ज्यान गुमाएका छन्।

यिनै सडकका कारण वर्षामा पहिरो गएर कयौं घर भत्की दर्जनौं परिवार विस्थापित भएका छन्। कयौं बस्ती उजाड बनेका छन्। सभाव्यता अध्ययन, त्यसपछि डिपिआर गरेर मात्र सडक खन्ने प्रावधान लत्याउँदै जहाँ मन लाग्यो त्यहाँ डोजर चलाएर पहाडलाई चिथोर्दा सुदूरपश्चिमका थुप्रै बस्ती जोखिममा परेका छन्।

‘विकासका नाममा विनाश गरेको छ’, बझाङको थलारा गाउँपालिका ९ अफलाका शिव बिष्ट भन्छन्, ‘वर्षामा सडकको पहिरोले घर र कमाउने जमिन सबै पुरिएर मेरो उठिबास भयो। ’ पहिरोका कारण तीन महिनापहिले खुट्टामा लागेको चोट निको नभएको उनको भनाइ छ।

सडकका कारण पहिरो गएपछि अफलाको पूरै बस्ती विस्थापित भएको छ। ‘पहिरोको जोखिमले पूरै बस्ती खाली भएको छ’, उनले भने। डोजर लगाएर सडक नकाट्न गरेको अनुरोधको सुनुवाइ नभएको उनी बताउँछन्। ‘जिल्ला प्रशासन, गाउँपालिका सबैतिर गएर विकासका नाममा विनाश गर्ने सडक नबनाउन आग्रह गरेका थियौं’, उनले भने, ‘हाम्रो कुरा कसैेले सुनेनन्। अहिले बर्खामा त्यो विकासले विनाश ग¥यो। ’ त्यो सडकमा गाडी गुड्ने कहिले हो टुंगो छैन तर निरन्तर पहिरो आएर विनाशमात्र भइरहेको स्थानीय बताउँछन्।

सडकका कारण बझाङका अफलासहित मालुमेला, मौइल, चौडाम, सुवेडा, जाल्तडी, खेती, कुयापानी, बगड, डुग्री, जुई, तोली, बिडाजा, साइलाबगर, सुनिकोट, चोड बस्टी, धारी सुनकुडा, भाँडे कचाली, जुइल भ्यागुते, बडाकोट, चुहावनलगायतका ठाउँ बगरमा परिणत हुनुका साथै ४२ परिवार विस्थापित र ५ सय परिवार उच्च जोखिममा छन्।

स्थानीय तह, प्रदेश र केन्द्रबाट पहुँचका आधारमा कार्यकर्तामुखी बजेट विनियोजन गरेर जथाभावी पहाड चिथोर्ने काम भएको स्थानीय बताउँछन्। बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले सडकमा गएको पहिरोले किसानका खेतबारी र कयौं घरमा क्षति पु(याएको बताए।

विकास गर्ने नाममा केही व्यक्ति र कार्यकर्ताको मात्र विकास भएको र सर्वसधारणको विनाश भएको स्थानीय बताउँछन्। ‘२ लाखको सडकले जय पृथ्वी राजमार्गमा माथिबाट पहिरो आएर १० करोडभन्दा बढीको क्षति पुगेको छ’, नागरिक समाजका अगुवा धर्मजंग सिंहले भने।

बझाङमा मात्रै २ सय १९ भन्दा बढी सडक छन्। अहिले ११ वटा सडकबाहेक सबै बन्द छन्। जिल्लाका विभिन्न ठाउँमा एक वर्षमा १३ सवारी दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भए। त्यसैगरी सडक कटानको पहिरोमा परी नौजनाले ज्यान गुमाए। ‘जनप्रतिनिधिले गरिब जनताको हित र जिल्लाको दीर्घकालीन विकासमा काम गर्नुपर्ने हो। त्यसो नभई कार्यकर्तामुखी बजेट खर्च गरेर विकासका नाममा विनाश गरिँदैछ’, नागरिक समाजका अगुवा सिंहले भने।

बझाङमा वडाध्यक्ष, गाउँपालिका अध्यक्ष र स्थानीय कर्मचारी गरी १५ जनाले वडा र गाउँपालिकाको बजेटबाट डोजर खरिद गरेका छन्।यस्तै बैतडीको सुर्नया गाउँपालिका–८ मल्लोढोलेमा गत असारमा खनेको सडकका कारण पहिरो खसेर ६ घर विस्थापित भए, २५ घर उच्च जोखिममा छन्। ढोल्यामोडबाट वडा कार्यालयसम्म काटिएको सडककै कारण गाउँ नै जोखिममा परेको स्थानीय प्रेमबहादुर बोहरा बताउँछन्।

‘सडकमाथिबाट ठूलो पहिरो खसेर एक परिवारको उठिवास भएको छ भने अन्य पाँच परिवार घर छोडेर आफन्तका घरमा बस्न बाध्य छन्,’ उनले भने। कुनै परीक्षण र इटिस्मेटबिना गलत ठाउँमा सडक काटिएकाले पहिरो गएर बस्ती जोखिममा परेको स्थानीय बताउँछन्। ‘भिरालो जमिन भएकाले वर्षामा पहिरो जान सक्छ, अन्यत्रबाट सडक काट्नु भनेर हामीले भनेको थियौं’, स्थानीय अम्मरसिंह बोहराले भने, ‘हाम्रो आग्रह लत्याएर गाउँ नै जोखिममा पर्नेगरी भिरालो जमिनमा डोजर चलाएरै छाडे। ’

ढोल्यामोडदेखि सुर्नया गाउँपालिका–८ को कार्यालयसम्म करिब ९५ लाख रुपैयाँमा सडक खनिएको थियो। सडकका कारण पहिरोको जोखिम बढेको स्थानीय वीरपल बोहराले बताए। उनले भने, ‘सडकमा खनिएको सबै माटो खेतमा आएको छ। माथिबाट पूरै पहिरो खसेर घर नै जोखिममा परेका छन्। सडककै कारण बस्ती जोखिममा परेका हुन्। ’

यसैगरी दोगडाकेदार गाउँपालिका–१ रिममा खनिएको सडकले पनि स्थानीय बासिन्दाका घर जोखिममा परेका छन्। खोचलेक–मल्लाढिक–सित्तड–रिम सडकले स्थानीय बासिन्दाका घर जोखिममा परेका हुन्। करिब एक करोड रुपैयाँ खर्चेर गत वर्ष निर्माण गरेको उक्त सडकले वर्षा सुरु भएसँगै पहिरोको जोखिम बढाएको छ। भुल्गाउँका आधा दर्जन घर पहिरोको जोखिममा परेको वडाध्यक्ष ध्वजबहादुर कार्कीले बताए। ‘घरमुनिबाट सडक खनिएकाले पहिरोको जोखिम बढेको छ’, उनले भने, ‘घरआँगनबाट हचुवाको भरमा सडक काटेकाले जोखिममा परेर राति पालो लगाएर सुत्नुपरेको छ। ’

डोजरले खनेका सडककै कारण पहाडी धरातल भएको बैतडीका विभिन्न ठाउँमा पहिरो जना थालेपछि त्रास बढेको छ। विगतमा काटिएका सडक बर्खासँगै खोल्सामा परिणत भएका स्थानीय बताउँछन्। सडक काट्ने प्रतिस्पर्धा चलेपछि सबै स्थानीय तहले डाँडा चिराचिरा पारेका छन्। मेसिनले जथाभावी सडक खन्दा पहिरोको जोखिमका साथै पानीका मुहान पनि हराउँदै गएको स्थानीय बताउँछन्।

गोकुलेश्वर–डिलासैनी सडकले थलालगाउँ, ओखलबाटा, सेटीगाउँ, सौगाउँलगायतका ठाउँमा पहिरोको जोखिम बढाएको छ। ६ वर्षअघि सडक काट्न सुरु गरेदेखि नै घर पहिरोको जोखिममा परेको स्थानीय हरिदत्त जोशीले बताए। जथाभावी खनिएका कच्ची सडकले खेतियोग्य जमिन र बस्तीमा प्रभाव पर्न थालेको पाटन नगरपालिका–६ का हरीश बिष्टले बताए। ‘विकासका नाममा विनाश भएको छ,’ उनले भने।

सम्भाव्यता अध्ययन नगरी सडक निर्माण
सडक विज्ञ सडक मापदण्डविपरीत भएकाले विनाश बढी भइरहेको बताउँछन्। ‘सुरुमा आयोजनाले कति असर पार्छ, कतै बस्ती जोखिममा पर्छ कि, अन्य कुनै क्षति पुग्छ कि भनेर विस्तृत सम्भाव्यता अध्ययन गरिन्छ,’ सडक इन्जिनियर मोहनप्रसाद हमालले भने, ‘पहिले सडक विभागअन्तर्गत सडक बनाउँदा सबै मापदण्ड पूरा गरिन्थ्यो, अहिले हचुवाका भरमा बनाउन थालिएको छ। ’

यसरी बनाइएका सडकले गाउँबस्ती जोखिममा पर्नुका साथै मूल सडकमा समेत ठूलो क्षति पुगिरहेको उनले बताए। ‘मूल सडकबाट सहायक सडक बनाउँदा अध्ययन नै नगरिँदा मूल सडक नै जोखिममा परेका छन्,’ उनले भने, ‘त्यो मात्रै नभई गाउँबस्तीको माथि या तलबाट बनाइएका ग्रामीण सडकले पछिल्लो समयमा बस्ती जोखिममा पार्ने गरेका छन्। ’ सडक बनाइँदा आवश्यकताअनुसार इआइए र आइइई गरिनुपर्ने उनको भनाइ छ। तर यहाँ बनाइएका सडकले कुनै मापदण्ड पूरा गरेका छैनन्।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।