६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बैंक खाता नभएकाले विदेश जान नपाउने

बैंक खाता नभएकाले विदेश जान नपाउने
अ+ अ-

काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवाले श्रम स्वीकृतिका लागि सोमबारबाट अनिवार्य रूपमा बैंक खाता खोलेको प्रमाण पेश गर्नु पर्ने व्यवस्था लागू गरिएको छ । रेमिट्यान्स, सेवा शुल्क, ठगी नियन्त्रण र अन्य सरकारी सहायताको आर्थिक कारोबार सहज बनाउन बैंक खाता अनिवार्य गरिएको हो ।
वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि कामदारले आफ्नो वा आफ्नो हकवालाको नाममा बैंकमा खाता खोलेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने जनाउदै सूचना समेत जारी गरेको जनाएको छ । बिभागले नेपाल राष्ट्र बैकबाट कारोबार अनुमति लिएका विकास बैक र बाणिज्य बैंकको कुनै शाखामा खाता खोल्न सकिने जनाएको छ । श्रमिकले देशभर रहेका २८ वाणिज्य बैंक र २९ विकास बैकका विभिन्न शाखा कार्यलयहरूमा खाता खोल्न सक्नेछन् ।

विभागका महानिर्देशक भीष्मकुमार भुसालले वैदेशिक रोजगारीका जाने युवाले श्रम स्वीकृति लिन अनिवार्य रूपमा वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ९एफईआईएमएस० मा बैंक खाता नम्बरसहित प्रमाणीत कपि नै अपलोड गरेर दर्ता गर्नु पर्ने बताए । “सोमवारदेखि श्रम स्वीकृतिका लागि कामदारले आफ्नो वा आफ्नो हकवालाको नाममा बैंकमा खाता खोलेको प्रमाण अनिवार्य पेश गरेपछि मात्र श्रम स्वीकृतिको लागि आवेदन दिन पाउने छन्,” महानिर्देशक भुसालले कारोबारसँग भने, “विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली एफईआईएमएसमा बैंक खाता खोलेको विवरण अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने नियम अनिवार्य गरिएको छ ।” सरकारले तयार गरेको एफईआईएमएस वैदेशिक रोजगारीमा जाने युवाले बिमा, मेडिकल, श्रम स्वीकृति, पासपोर्ट, अध्ययागमन प्रक्रिया, अभिमुखीकरण लगायतका सबै जानकारी रहेको संयुक्त सूचना प्रणाली हो ।
विभागले वैदेशिक रोजगारीमा जाने युवाको ३ वटा फाइदाजनक पक्षलाई ध्यान दिएर रोजगारीका लागि बिदेश जानेलाई अनिवार्य बैक खाताको व्यवस्था गरिएको जनाएको छ । “पहिलो फाइदा भनेको भोलीका दिनमा वैदेशिक रोजगार व्यवसायीलाई तिर्नुपर्ने सेवा शुल्क समेत बैंक खाताबाट तिर्ने गरी नियम लागू गरिन्छ,” महानिर्देशक भुसालले भने, “यो नियम लागू भएपछि वैदेशिक रोजगारमा जाने युवासँग व्यवसायीले सेवा शुल्क सोही खाता मार्फत मात्र पैसा लिन पाउने छन ।” विभागले बैंक खाता अनिवार्य गरेसँगै विदेशमा कामदार कमाएको रेमिट्यान्स समेत आफनो वा आफन्तको खातामा पठाउन अनिवार्य बाध्यता हुने छ । महानिर्देशक भुसालले रेमिट्यास सेवा प्रदायकसँग बसेर सस्तो र सर्वसुलभ रूपमा श्रमिक रकम स्वदेश पठाउने सम्बन्धमा समेत छलफल गरिने बताए । यसका लागि प्रवद्र्धनात्मक कार्यक्रम समेत गरिने छ । वैध प्रणालीबाट रकम स्वदेश भित्रयाउन समेत यसले आधार तयार गर्दछ । तेस्रो फाईदा भनेको बिदेशमा कामदारलाई केही भए वैदेशिक रोजगार बोर्डबाट पाउने आर्थिक सहायता समेत सोही बैंक खातामा जम्मा गर्न सकिन्छ ।
श्रम स्वीकृतिका लागि बैक खाता अनिवार्य गरिएको पहिलो दिन सोमबार आवेदन दिएका मध्ये ५० प्रतिशत भन्दा बढीले खाता नम्बर सहित निबेदन दिएको बिभागले जनाएको छ । वैदेशिक रोजगार विभाग काठमाडौ कार्यलय ताहाचलमा सोबार ५०० भन्दा बढी युवाले बैंक खातासहित श्रम स्वीकृतिका लागि आवेदन दिएका थिए ।, समाचार कारोबार राष्टिय दैनिकमा प्रकाशित छ ।