६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

एउटै रूखले सडक निर्माणमा अवरोध

एउटै रूखले सडक निर्माणमा अवरोध
अ+ अ-

बारा  । वीरगञ्ज–पथलैया सडक खण्डमा हुने सवारी साधनको चापलाई कम गर्ने उद्देश्यसहित विस्तार गर्न लागिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग निर्माण कार्य एउटा रूखका कारण ढिलाइ भएको छ ।
एउटा रूख कटान हुन नसक्दा उक्त सडक विस्तार कार्य अवरुद्ध भएको हो । त्यसमाथि कतिपय स्थानीयको जमिनको पनि समस्या थपिएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७३ असार २९ गतेबाट निर्माण कार्य सुरु गरिएको सो व्यापारिक मार्गमा परेको एउटा रूखको कटान हुन नसक्दा गत फागुनबाट सो व्यापारिक मार्गको निर्माण कार्य अवरुद्ध भएको हो ।
उक्त मार्गमा परेका रूखको कटानका लागि टाँचा (छपान) लगाउने बेलामा सो रूख छुट्न गएको हुनाले अहिलेसम्म कटान हुन नसकेको हो । सो रूख पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ । पर्सा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत शिवनारायण साहले भन्नुभयो, “वीरगञ्ज–पथलैया व्यापारिक मार्गमा परेका रूखको कटानका लागि टाँचा ९छपान० लगाउने बेलामा सो रूख छुट्न गएको हो, टाँचा नलगाएको रूख काट्न नमिल्ने भएकाले उक्त रूख अहिलेसम्म काट्न नसकिएको हो ।”
टिम्बर कर्पोरेसन अफ नेपाल (टीसीएन)ले रूखहरूको टाँचा लगाउने बेलामा सो रूखलाई छुटाएको थियो । यसरी कर्पोरेसनले टाँचा लगाउन छुटाएपछि पर्सा राष्ट्रिय निकुञ्जले सो रूख अहिलेसम्म काट्न दिएको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बबरमहलबाट कार्यादेश नआएसम्म सो रूखमा टाँचा लगाई काट्न नमिल्ने स्पष्ट पार्दै प्रमुख संरक्षण अधिकृत साहले सोको लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।
गत फागुनमा पेट्रोलियम पाइप बिछ्याउने क्रममा नौ किलोमिटर सडक खण्डको २५ मिटर क्षेत्रमा परेका रूख काटिए पनि पथलैयादेखि एक किलोमिटर दक्षिणमा रहेको सो रूख काट्न नसकिएको हो । गत आर्थिक वर्षमा उक्त व्यापारिक मार्गमा परेका छ हजार पाँच सय रूख काटिएको थियो । साढे छ हजार रूखमा टाँचा लगाई काट्दा एउटा रूख कसरी छुट्न गएको हो भन्ने कुरा अहिले रहस्य बनेको छ ।
सडक विस्तारका लागि वातावरण प्रभाव मूल्याङ्कन ९ईआईए० प्रतिवेदनसमेत अहिलेसम्म निकुञ्जलाई प्राप्त हुन नसकेको जानकारीसमेत उहाँले दिनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बबरमहलबाट कार्यादेश आए पनि वातावरण प्रभाव मूल्याङ्कन ९ईआईए० प्रतिवेदन निकुञ्जलाई प्राप्त नभएसम्म उक्त रूख काट्न नमिल्ने प्रमुख संरक्षण अधिकृत साहले स्पष्ट पार्नुभयो । बाराको पथलैया प्रस्थान बिन्दु र वीरगञ्जको एकीकृत चेकपोस्ट अन्तिम बिन्दु रहेको सो मार्गको कुल लम्बाइ ३१।६८ किलोमिटर छ । सो मार्ग छ लेनमा विस्तार भइरहेको छ ।
व्यापारिक मार्ग विस्तार योजना, वीरगञ्ज–पथलैया सडकका योजना प्रमुख सञ्जयकुमार मिश्रले सो रूख काट्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको तथा छिट्टै नै सो रूख काटिने बताउनुभयो । व्यापारिक मार्गको सडक विस्तारतर्फको अहिलेसम्मको भौतिक प्रगति ५० प्रतिशत तथा वित्तीय प्रगति ४२ प्रतिशत र पुल निर्माणतर्फ अहिलेसम्मको भौतिक प्रगति ५४ प्रतिशत तथा वित्तीय प्रगति ४८ प्रतिशत रहेको जानकारी योजना प्रमुख मिश्रले दिनुभयो । सो सडकमार्ग निर्माणका लागि आर/कन्टेक जेभी, शर्मा/युनिटेक बिल्डर्स/दिवा निर्माण सेवा जेभी, एएमआर/पप्पु/कन्टेक जेभी, श्रेष्ठ/बिरुवा/एपेक्स जेभी र पप्पु/लुम्बिनी जेभीसँग २०७३ असार २८ गते ठेक्का सम्झौता भएको थियो । कुल तीन अर्ब १२ करोड ४१ लाख रुपियाँको लागतमा छ चरणमा सो मार्गको निर्माण भइरहेको छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।