१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली तरकारी युएईको मलमा



अ+ अ-

काठमाडौं । नेपालमा उत्पादित तरकारी युएई मलमा बिक्रीका लागि राखिने भएको छ । युएईको अल समन इन्टरनेसन प्रालिले नेपालमा उत्दपादित तरकारी युएईको बजारमा ल्याउन लागेको हो ।

अल समन इन्टरनेसन प्रालिका किशोर घिमिरेले आउँदो ४ सेप्टेम्बर अर्थात् यही १८ भदौदेखि नेपाली तरकारी युएई आउने जनाए । त्यसका लागि युएईको सारजाहमा रहेको सफारी मलको तरकारी डिपार्टमेन्टमा नेपाली तरकारीको स्टल उद्घाटन कार्यक्रम पनि रहेको उनले बताए । उनले नेपालमा उत्पादित अकबरे खुर्सानी, गुन्द्रुक, तितेकरेला, तामा, सिमी, मुलालगायतका तरकारी बिक्रीका लागि मलमा रहने बताए ।

नेपाली महिलाको लगानीमा सञ्चालित अल समन इन्टरनेसन प्रालिले दुई वर्षदेखि कतारमा नेपाली तरकारी निर्यात गर्दै आइरहेको छ । अहिले कतारमा प्रतिहप्ता दश हजार केजी तरकारी बिक्री भइरहेको घिमिरेले बताए । उनले नेपाली किसानहरूलाई मिहिनेत र श्रमको मूल्य दिने र प्रोत्साहन गरिने बताए । यसले नेपाली तरकारीको पहिचान फैलने विश्वास उनले व्यक्त गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।