६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

तातोपानी नाकामा सुरक्षा चासो

तातोपानी नाकामा सुरक्षा चासो
अ+ अ-

काठमाडौं । तातोपानी नाकाबाट अध्यागमन सेवा सुरु गर्न चीनले सुरक्षा प्रत्याभूति खोजेको छ। सुरक्षा संवेदनशीलता देखाउँदै चिनियाँ पक्षले तातोपानीबाट तत्काल यात्रुको आवतजावत नहुने संकेत गरेको छ।

२०७२ वैशाख १२ को भूकम्पबाट भौतिक पूर्वाधारमा क्षति पुगेपछि नाका बन्द थियो। चिनियाँ पक्षले पारवहन तथा ढुवानी सम्झौता कार्यान्वयन गर्न जेठ १५ देखि नाका पुनः सञ्चालन गरेको हो। यहाँबाट मालवाहक सवारी साधन मात्र ओहोरदोहोर गर्छन्। गृह मन्त्रालयले अध्यागमन कार्यालय भने खोलिसकेको छ।

चिनियाँ पक्षले अध्यामगन सेवा सुचारु नगर्नुको स्पष्ट कारण भने खुलाएको छैन। नाकासहित आसपासका क्षेत्रबाट चीनविरोधी गतिविधि हुने उनीहरूको बुझाइ छ। तिब्बती शरणार्थीका ‘अवाञ्छित’ गतिविधिका कारण यो क्षेत्रलाई चीनले संवेदनशील मानेको छ। यो क्षेत्रबाट चीनविरोधी गतिविधि नहुने प्रत्याभूति नेपालले गराउनुपर्ने चीनको अडान छ।

चिनियाँ अध्यागमन र सुरक्षा अधिकारी तत्काल आवतजावत नहुने संकेत गरी स्वदेश फर्किएका छन्। चिनियाँ अध्यागमन उपमहानिर्देशक बाङ सिहोङको नेतृत्वमा सुरक्षा अधिकारी सम्मिलित ६ सदस्यीय प्रतिनिधिमण्डल अघिल्लो साता नेपाल आएको थियो। उक्त टोलीले गृहसचिवलगायत सुरक्षा निकायका प्रमुखसँगको छलफलमा यो विषय उठाएको स्रोतले बताएको छ। नेपाली पक्षले तातोपानी क्षेत्रमा चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाएको छ।

टोलीले गृहसचिव प्रेमकुमार राई, अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महाननिरीक्षक शैलेन्द्र खनालसँग छुट्टाछुट्टै भेट गरेको थियो। गृहका प्रवक्ता रामकृष्ण सुवेदीले चिनियाँ अध्यागमन अधिकारीसँग द्विपक्षीय हितबारे छलफल भएको बताए।

आसपासका गाउँमा भूकम्पको भग्नावशेष पन्छाउँदा तिब्बतबाट निर्वासित धार्मिक नेता दलाई लामाको तस्बिरसहित चीनविरोधी गतिविधिमा प्रयोग भएका सामग्री भेट्टिएको दाबी चीनले गर्दै आएको छ। त्यसैलाई आधार मानेर चीन सम्भावित चीनविरोधी गतिविधिबाट सशंकित बनेको हो।

गृहसचिव राईसँगको भेटमा चिनियाँ टोलीले सीमा सुरक्षा, तिब्बती गतिविधिलगायत सुरक्षा विषयमा छलफल गरको थियो। उनीहरूले आफूहरू तातोपानी नाकाबाट अध्यागमन सेवा सुरु गर्न तयार रहे पनि सुरक्षा चुनौती कायमै रहेकोतर्फ संकेत गरेका थिए।

टोलीले गत मंगलबार अध्यागमन विभागका महानिर्देशक पौडेलसँग छलफल गरेको थियो। उपमहानिर्देशक सिहोङले तातोपानी नाकाबाट आवतजावत खुलाउन आफूहरू सकारात्मक रहेको बताएका थिए। सशस्त्र प्रहरी महानिरीक्षक खनालसँगको भेटमा टोलीले अवैध रूपले तिब्बतीहरू नेपाल प्रवेश गरेको विषयलाई प्राथमिकताका साथ उठाएको स्रोतले जनाएको छ। सिहोङले सशस्त्र महानिरीक्षक खनालसँग सीमा क्षेत्रबाट अवैध ढंगले तिब्बतीको नेपाल प्रवेश, सुन तस्करीलगायत नेपाल–चीन सीमा क्षेत्रमा आपराधिक गतिविधिबारे चासो राखेका थिए। जवाफमा खनालले त्यस्ता विषय नियन्त्रण गर्न सशस्त्र प्रहरीले काम गरिरहेको बताएका थिए।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।