६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

गाउँका बर्थिङ सेन्टरमा बस्दैनन् स्वास्थ्यकर्मी

गाउँका बर्थिङ सेन्टरमा बस्दैनन् स्वास्थ्यकर्मी
अ+ अ-

झापा । प्राथमिक स्वास्थ्य चौकीमा सरकारी डाक्टर र कर्मचारीले १०-५ बजेसम्म समय नदिँदा ग्रामीण भेगमा रहेका बर्थिङ सेन्टर बेलैमा सुनसान हुन्छन्। स्थानीयहरू सहरका महँगा अस्पताल धाउन बाध्य भएका छन्।

नगरपालिका र सरकारले बर्थिङ सेन्टरलाई आवश्यक उपकरण उपलब्ध गराएका छन्। जनशक्ति पनि प्रशस्त छ। तर स्वास्थ्य कर्मचारीले पर्याप्त समय नदिँदा स्थानीयले स्वास्थ सेवा पाउन नसकेका हुन्। भद्रपुर नगरपालिका-९ स्थित चन्द्रगढी स्वास्थ्य चौकीमा पहिले प्रसूति गराउनेको भीड हुन्थ्यो। त्यतिबेला उक्त स्वास्थ्य चौकी बर्थिङ सेन्टरमा परिणत भएको थिएन।

पहिला जनशक्ति थिएन, अहिले प्रशस्त छ, तर जति धेरै कर्मचारी उति धेरै बहानाबाजी हुने र बिदा बढी बस्ने गरेको चौकीकी अनमी रेणुका भट्टराई बताउँछिन्। उनका अनुसार जनशक्ति पर्याप्त भए पनि कामको चाप न्यून छ। ‘पहिला सुत्केरी गराउनेको संख्या सातामा २÷३ वटा हुन्थ्यो भने अहिले महिनामा १÷२ वटा मात्र हुन्छन्,’ उनले भनिन्।

झापाको दक्षिण भेग पथरिया स्वास्थ्य चौकीमा स्थानीय ललिता राजवंशी दुई जीउकी थिइन्। सामान्य पेट दुखेर पथरिया स्वास्थ चौकीमा १ बजे पुग्दा त्यहाँ कोही देखिनन्। त्यसपछि उनी बनियानीस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुगिन्। बनियानी स्वास्थ्य केन्द्रका डाक्टर बिदामा थिए। उनी सीधै मेची अस्पताल पुगिन्। ‘घरअगाडि स्वास्थ्य चौकी छ, डाक्टर नभए पनि अनमी थिए तर चाहिँदा कहिले पनि भेटिँदैन,’ उनले भनिन्।

पथरिया स्वास्थ्य चौकीस्थित बर्थिङ सेन्टर हेर्दै आएकी राजमती राजवंशीसँग बुझ्दा उनी भन्छिन्, सबै हिँडेका हुँदैनौं। कुनै दिन त्यस्तो पर्‍यो होला। सबै ५ जना कर्मचारी एकैपटक हिँड्ने भन्ने हुन्न। कम्तीमा एक जना भए पनि सेन्टरमा बस्छौँ।’

झापामा बर्थिङ सेन्टर सञ्चालन गरिरहेका अलिक राम्रा मानिएका धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र र केचनकवलको बनियानी प्राथमिक स्वास्थ्य केन्द्र हुन्। यी केन्द्रमा सामान्यतया अस्पतालका सुविधा उपलब्ध छन्। विशेषज्ञ डाक्टर नभए पनि फिजिसियन पूरा समय नियमित बस्छन्। तर बर्थिङ सेन्टरमा डाक्टरले फर्केर पनि नहेर्ने गुनासो कर्मचारीको छ। बर्थिङ सेन्टर हेर्ने भनेको अहेव र अनमीले हो।

‘डाक्टर हुनुहुन्छ भन्ने सुनिन्छ तर परिआउँदा मेरो त्यो पाटो हैन भन्नुहुन्छ, मेरो जरुरी काम पर्‍यो भन्ने बहानामा बेलैमा हिँडिदिनुहुन्छ’, बनियानी स्वास्थ्य केन्द्रकी एक अनमीले भनिन्, ‘स्टाफ नर्ससम्मले पनि बर्थिङ सेन्टरमा वास्ता गर्दैनन्। हामी मात्र कति जिम्मा लिनु रु भोलि केही घटना भइहाल्यो भने पनि अनमीकै थाप्लोमा अपजस आउने हो बरु मेची हस्पिटल पठाइदिन्छौँ।’

झापाका १४ वटैै बर्थिङ सेन्टरमा कर्मचारीको ठेलमठेल देखिन्छ। दरबन्दीभन्दा बढी छन्। हरेक स्वास्थ्य चौकीमा १८ महिना तालिम लिएका अनमीले नै धेरै ठाउँका बर्थिङ सेन्टर धानिरहेका छन्। झापा गाउँपालिकाको बर्थिङ सेन्टरमा १ जना अहेव र एक जना अनमीले नै सुत्केरी गराउँदै आएका छन्। यो ठाउँका मान्छेलाई अर्को उपाय भनेको कि बिर्तामोडका महँगा अस्पताल जानुपर्‍यो कि भने यही नै सुत्केरी गराउने हो। कर्मचारी थोरै हुँदा बरु जिम्मेवारी बढी हुँदो रहेछ धेरै हुँदा अर्कोमा भर परेर समयमै कार्यालयबाट हिँड्ने गरेको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्मा बताउँछन्।

झापामा ६ प्राथमिक स्वास्थ्य केन्द्र छन्। खजुरगाछी, शिवगन्ज, सुरुंगा, शनिश्चरे, मेचीनगर र बनियानीमा डाक्टर छन्। तर उनीहरू फिजिसियन हुन्। उनीहरू स्थाई रुपमा सेन्टरमा बस्दैनन्। शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीय गोपाल अर्यालले पत्नीलाई दुई जीउको अवस्थामा ज्वरोले चाप्दै गएपछि दिउँसो २ बजे स्वास्थ्य केन्द्र लिएर आए। आउँदा कार्यालय सहायकबाहेक अरु कोही भेटेनन्। ‘पैसा थिएन, पत्नी अचानक बिरामी परेपछि स्वास्थ्य केन्द्र आउँदा अलि राहत मिल्छ भनेर यता ल्याएको,’ उनले भने, ‘यता न डाक्टर भेटियो न नर्स नै, त्यसपछि बिर्तामोडको निजी अस्पताल लैजानुपर्‍यो।’

गौरीगन्जको प्राथमिक स्वास्थ्य केन्द्रमा ५ बजेसम्म कर्मचारी नभेटिने समस्या त स्थानीयले रातोदिन बेहोरेकै छन्। सिटामोल, आइरन चक्कीलगायत सामान्य औषधि पनि नपाइने स्थानीय आत्मराम राजवंशी बताउँछन्।

झापामा १४ बर्थिङ सेन्टर छन्। तिनमा १८ महिना तालिम लिएका सीएमए अथवा अनमीले नै हेर्दै आएका छन्। ६ प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर छन्। डाक्टरको प्राथमिक स्वास्थ्य केन्द्रमा सधैं बस्ने टुंगो हुँदैन। प्रायः सबै स्टाफ नर्स, अहेव वा अनमीको मेडिकल पसल छ। धेरैजसो भने हाजीर गरेर हिँड्छन्। जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत शशीकुमार भट्टराईले कर्मचारी नियन्त्रण गर्न कठिन भएको बताए। जति सक्दो छिटो सरकारले विद्युतीय हाजिरीको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

अर्कोतिर अहिले झापाका अधिकांश बर्थिङ सेन्टरमा चाहिने किरोेसिमा, अटोप्लेटलगायत नयाँ साधन छैनन्। अर्कोतिर डिस्पोजेबल सिरिन्ज लगायतका औषधिजन्य फोहोर नफाल्दा बर्थिङ सेन्टर फोहोर देखिन्छन्। ‘कर्मचारी यतिसम्मका भए कि कार्यालयमा निकालिएको फोहोरमा आफ्नो हात लगाउनै नहुने भन्ठान्छन्,’ भट्टराई भन्छन्, ‘कार्यालय सहयोगीलाई सिरिन्ज डिस्पोजबारे सबैलाई ज्ञान हुँदैन। कर्मचारीलाई अफिस गयो हाजिर गर्‍योे हिँड्नै हतार हुन्छ।’ त्यसैले सर्वसाधारण सुविधाकै निम्ति भए पनि महँगा हस्पिटलमा जान बाध्य छन्।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।