६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

‘मल्लकालीन नमुना गाउँ’ संकटमा

‘मल्लकालीन नमुना गाउँ’ संकटमा
अ+ अ-

साँगा । सूर्यविनायक र बनेपा नगरपालिकाको सीमामा मनोरम सरस्वती डाँडो छ । यसै ठाउँमा नेपालको प्राचीन मल्लकालीन वास्तुकला झल्कने गाउँ बसाउन सुरु गरिएको छ ।

सम्पदा संरक्षणमा योगदान दिएबापत् युनेस्को अवार्ड विजेता रवीन्द्र पुरीको योजनामा बन्न लागेको यो गाउँ सडक विस्तारका कारण संकटमा पर्ने भएको हो ।

बनेपा नगरपालिका र सडक विभागको निर्णयविपरीत ढुंगा खानीका कारण सडक बढाउन थालेपछि नेपालकै नमुना मानिएको यो गाउँ संकटमा पर्ने भएको छ । सडक विभागले दुई वर्षअघि ७ मिटरको सडक बढाएर १० मिटर बनाउन सूचना जारी गरेको थियो ।

तर त्यहाँको भौगोलिक अवस्थाको कारणले सडक बढाउन नसक्ने टिप्पणी प्राविधिकले गरेपछि विभागले सडक ५ मिटरै कायम गर्ने निर्णय गरयो । सडक विभागले ५ मिटर बनाउने निर्णय गरे पनि अहिले यो ७ मिटर छ । सडक डिभिजन कार्यालय भक्तपुरले २०७४ जेठमा सडकको प्रारम्भिक वातावरणीय परीक्षण गर्न सार्वजनिक सूचना आह्वान गरेको थियो । वातावरणीय परीक्षण प्रतिवेदनले पनि सडकको चौडाइ साढे ५ मिटर रहेको उल्लेख गरेको छ ।

साँगा हुँदै भक्तपुर–डोलेश्वर निस्कने यो सडक दुई खण्डमा छ । पहिलो खण्ड साँगा आशापुरीको लम्बाइ साढे ५ किलोमिटर छ । त्यहाँबाट डोलेश्वरसम्म साढे १ किलोमिटर छ । यो सडकमा नियमित रुटका गाडी चल्दैनन् । अवैध रूपमा सञ्चालन भएको खानीका टिपर गुडाउने प्रयोजनका लागि नमुना बस्ती मासिने गरी बनेपा नगरपालिकाले सडक विस्तार गर्न लागेको हो ।

नमुना गाउँको छेउमा भौगोलिक कारणले सडक चौडा बनाउन नमिल्ने सुझाव सडक विभागलाई दिएको पुरीले जानकारी दिए । बस्तीको बीच र सिरानबाट बाटो पर्छ । बाटो विस्तार गरेर सडक चौडा गर्दा बनिसकेका घर सबै भत्काउनुपर्ने हुन्छ । चार वर्षमा सक्ने योजनासहित घर बनिरहेका छन् ।

अहिले तीनवटा घर बनिसकेका छन् । घरको कम्पाउन्डसँगै सडक जोडिएको छ । घरको दक्षिणतिरको सडक भिरालो ठाउँमा छ । ‘बाटो १२ मिटरको पर्खाल उठाएर बनाइएको छ,’ पुरी भन्छन्, तलतिर बढाउने ठाउँ छैन । माथितिर बढाउँदा घरहरू सबै भत्काउनुपर्छ । प्राविधिक रूपमा सम्भव छैन भनेर प्राविधिकले सडक विभागलाई प्रतिवेदन नै दिएको छ ।’

सडक विभागलाई प्राविधिक रूपमा सडक विस्तार गर्न संभव छैन भनेर प्रतिवेदन दिएपछि बनेपा नगरपालिकाको १४ वडा कार्यालयको बैठक बस्यो । २०७४ साउन १२ गते वडा अध्यक्ष गौरी राउतको अध्यक्षतामा बसेको बैठकले बाटो ७ मिटरै कायम गर्ने निर्णय गरेको थियो । साँगा हुँदै भक्तपुरको डोलेश्वर निस्कने अर्को वैकल्पिक बाटो पनि छ ।

गणेशस्थानबाट काँक्रेबारी हुँदै आशापुरी पुग्ने बाटो यसको विकल्प हो । त्यो बाटो विस्तार गर्ने सम्भावना हुँदाहुँदै त्यता ध्यान दिइएको छैन । यो बाटोलाई वडा कार्यालयले २६ नम्बरमा राखेर मापदण्ड तोकेको छ । यसको चौडाइ पनि ७ मिटरै छ ।

यो विकल्प प्रयोग नगरी नगरपालिकाले तीन पटक सूचना जारी गरिसकेको छ । २०७६ असार १९ मा नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर यही नमुना बस्तीको गेटमा सूचना टाँसेको थियो । बोर्ड बैठक बसेको भोलिपल्टै सात दिनभित्रमा सडक विस्तार गर्ने भन्दै सूचना सार्वजनिक गरेको थियो ।

पहिलो सूचनामा संरचना भएको ठाउँ यथास्थितिमै राखेर विस्तार गर्ने जनाएको थियो । फेरि दोस्रो सूचना जारी गर्‍यो साउन २९ मा । दोस्रो सूचनामा सडक फराकिलो पार्ने उद्देश्यले रेखांकनभित्र पर्ने पर्खाल तथा अस्थायी संरचना १५ दिनभित्र हटाउन वा भत्काउन अनुरोध गर्‍यो । वडा बोर्ड बैठकमा ७ मिटर कायम गर्ने निर्णय गर्ने उनै वडा अध्यक्ष राउतले पर्खाल भत्काउन अनुरोध गर्दै सूचना जारी गरेका थिए । उनको नाममा टाँसिएको सूचनामा हस्ताक्षर भने गरिएको छैन ।

५४ रोपनी क्षेत्रफल ओगटेको नमुना गाउँको मुख्य आकर्षण भनेकै पर्खाल हो । पर्खाल बनाउन मात्रै करोडौं खर्च भएको पुरीले जानकारी दिए । यो पर्खाल भुइँचालो आउनुअघि नै बनाइएको हो । ‘भूकम्प प्रतिरोधी छ पर्खाल,’ पुरी भन्छन्, ‘यति ठूलो पर्खाल भुइँचालोले कतै पनि चर्किएन ।

बस्ती भूकम्पप्रतिरोधी
नमुना बस्तीमा तयार भएका तीन घरमध्ये एउटा घर माटोको छ । तीनघरको नामै ढुंगे घर, इँटा घर र माटो घर नाम दिइएको छ । अहिले बलियो बनाउनुपर्छ भनेर गाउँगाउँमा सिमेन्ट प्रयोग गरिएका छन् । रड प्रयोग गरिएका छन् । तर व्यवस्थित तरिकाले बनायो भने प्राचीन निर्माण सामग्री प्रयोग गरेर बनाइएका घर पनि बलिया हुन्छन् भन्ने उदाहरण हो यो बस्ती ।

‘भुइँचालोले माटोको जडान भएको घरसमेत केही भएन,’ पुरी भन्छन्, ‘हाम्रा प्राचीन निर्माण सामग्री पनि बलिया छन् भन्ने उदाहरण हो यो ।’ यहाँ बनेका तीन घरमध्ये माटोको घरै सबैको आकर्षण केन्द्र भएको पुरी बताउँछन् । घरमा प्राचीन निर्माण सामग्री चुकुल,नसलगायत प्रयोग गरिएका छन् ।

बस्तीको डिजाइन मल्लकालीन वास्तुकलाअनुसार गरिएको छ । बस्तीमा ढुंगेधारा हुने छन् । इनार, जलद्रोणी हुने छन् । चैत्य, गुम्बा, मन्दिरजस्ता संरचना हुने छन् । परम्परागत घरमा आधुनिक सुविधा हुने गरी घरको डिजाइन गरिएका छन् । घरको तल्लो तलामा किचन, डाइनिङ र बैठक कोठा छन् । बीचको तलामा एट्याच बाथरुमसहितका दुइटा बेड रुम छन् । बुइगलमा कौसी र खुला ठाउँ छ । खुला ठाउँमा पुस्तकालय बनाउन सकिने गरी डिजाइन गरिएको छ । हरेका कोठाको साइज सात फुट छन् । पिँढी, बार्दलीमा पनि छन् । ‘यहाँ बसेर प्राकृतिक दृश्यमा हराउन सकिन्छ,’ पुरी भन्छन् ।

बस्तीमा कृषियोग्य जमिनमा खेती गर्न डाँडामा बस्ती बसाउनुपर्छ भन्ने सन्देश पनि दिन खोजिएको पुरी बताउँछन् । अर्को उदाहरण नेपाली शैलीको बस्ती उत्कृष्ट हुन्छ भन्ने पनि यो गाउँ हेरेर अध्ययन गर्न सकिने उनले बताए । खानी अवैधबनेपा नगरपालिकाले सञ्चालन गर्न दिएको सूर्यविनायक र बनेपा सीमाको ढुंगा खानी नै अवैध रहेको पाइएको । भक्तपुर वन कार्यालयका जिल्ला वन अधिकृत प्रेमप्रसाद खनालका अनुसार पनि यो खानी अवैध छ ।

‘वन क्षेत्रबाट पनि एक किलोमिटर पर हुनुपर्ने ऐनमा व्यवस्था छ,’ उनी भन्छन्, ‘तर यो खानी वन क्षेत्रभित्रै सञ्चालन गरिएको छ । नियमअनुसार विद्यालयभन्दा १ किलोमिटर पर सञ्चालन गर्नुपर्छ ।’ तर खानीबाट सय मिटर दूरीमा जागृती आधारभूत स्कुल छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।