१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

जावलाखेलको पहिलो जित, मनाङले पोखरामा पुलिसलाई हरायो



अ+ अ-

जावालखेल युथ क्लबले  च्यासल युथ क्बलाई हराउँदै सहिद स्मारक ए डिभजिन लिगमा पहिलो जित निकाल्दा पोखरामा मनाङ मस्र्याङ्दी फुटबल क्लबले विभागीइ टोली नेपाल पुलिस क्लबलाई हराएको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको दिनको पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई १–० ले पराजित गर्दै पहिलो पटक स्पष्ट तीन अंक जोड्दा पोखरा रंगशालामा मनाङले पुलिसमाथि ३–१ को सहज जित निकालेको हो ।

लिगको चौथो चरण सम्म गोलको खाता खोल्न नसकेको जावलाखेललाई जित दिलाउन विदेशी खेलाडी निकोलस फर्नान्डेजले गोल गरे । ३७ औं मिनेटमा निकोलसले गरेको गोल नै जावलाखेलका लागि जारी लिगमा पहिलो गोल भएको छ । च्यासलका डिफेन्डर केचा यानिक गल्तीको फाइदा उठाउँदै ओनगना एन जुनियरको पासमा निकोलसले उत्कृष्ट फिनिस गर्दै टोलीलाई अग्रता दिलाएका थिए । बाँकी समयमा च्यासल खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र जावलाखेललाई अंक सुम्पिन बाध्य बन्यो ।

यस सँगै जावलाखेलले सिजनको पहिलो जित निकाल्दै तालिकमा वरियता सुधार गरेको छ । रेलिगेशन क्षेत्रमा रहेको जावलाखेलको ५ खेलमा ४ अंक रहेको छ । जावलाखेल १० औं स्थानमा उक्लिएको छ भने च्यासल ११ औं स्थानमा रहेको छ ।

यस्तै पोखरा रंगशालामा भएको खेलमा मनाङलाई स्पष्ट अंक दिलाउन कप्तान अञ्जन विष्टले दुई र  निशान लिम्बुले एक गोल गरे । पुलिसका सुमन लामाले पेनाल्टीबाट एक गोल फर्काएका थिए । निकै रोमाञ्चक बनको खेलमा दुबै टोली पहिलो हाफ एक÷एक गोलको बराबरी खेलेका थिए । पहिलो पटक उपत्यका भन्दा बाहिर खेलाइएको खेलमा कप्तान अञ्जन विष्टले दशौँ मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।

दिनेश राजवंशीको लामो पासमा पुलिसका गोलकिपर रोशन खड्काको गल्तीमा प्राप्त बललाई अन्जनले सहजै गोलमा परिणत गरेका थिए । खेलको ३५ औं मिनेटमा सुमनले पेनाल्टीमा गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याए । मनाङका डिफेन्डर सरोज योन्जन लामाले निरकुमार राईलाई पेनाल्टी एरियामा लडाएपछि रेफ्रिले पुलिसलाई पेनाल्टीको अवसर दिएका थिए । जसमा सुमनले सहजै गोल गरेर पुलिसलाई बराबरीको अवस्था झारेका थिए ।

दोस्रो हाफमा भने घरेलु टोलीले आक्रामक खेल देखायो । ७३ औं मिनेटमा कप्तान अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए । पुलिसका डिफेन्डर सन्तोष हेम्रुनले पेनाल्टी एरियाको ठिक बाहिर ह्यान्डबल गरेपछि पाएको फ्रि–किकमा अन्जनले सुन्दर गोल गर्दै मनाङलाई अगाडि बढाएका थिए । ८३ औं मिनेटमा निशानले गोल गर्दै मनाङलाई ३–१ को जित दिलाए । बाँकी समयमा पुलिस खेलमा फर्किन सकेन र मनाङले घरेलु मैदानमा ऐतिहासिक जित निकाल्न सफल भयो ।

जितसँगै मनाङ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले ५ खेलमा १३ अंक जोड्दा दोस्रो स्थानका मच्छिन्द्रसँग २ अंकको अग्रता समेत बताएको छ । दोस्रो स्थानको मछिन्द्रको ११ अंक रहेको छ । उता पराजित पुलिसले ५ खेलमा ५ अंक जोडेको छ । पुलिस आठौं स्थानमा रहेको छ । खेलको म्यान अफ दि म्याच मनाङका अन्जन विष्ट चुनिए भने इमर्जिङ प्लेयरको उपाधि पुलिसका निरकुमार राईले थापे ।

लिगमा भोली (सोमबार) हिमालयन शेर्पा र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।