२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिञ्जा क्षेत्रमा भालु आतङ्क



अ+ अ-

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन् । बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको किसान बताउँछन् । गाउँका किसान साँझपर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसहित भालु लखेट्न थालेका वडा नं ६ भाडगाउँका जयलाल रावतले बताउनुभयो ।

सिञ्जाको जाला, घोडीलेख, तल्लो जालालगायतका क्षेत्रमा भालुले मकै खाने गरेको छ । बारीमा लगाएको मकै खान नपाएपछि भालुले मानिसलाई नै आक्रमण गर्ने भएकाले स्थानीयवासीमा त्रास फैलिएको रावतले बताउनुभयो । भालु आतङ्कका कारण साँझ–बिहान हिँडडुुल गर्नसमेत जोखिम बढेको स्थानीयवासीले बताएका छन् ।

बिहान र दिउँसो स्याउला सङ्कलन गर्ने, गाईवस्तु चराउन जाने र दाउरा खोज्न जानुपर्ने भए पनि भालुको आतङ्कले जान नसकिएको स्थानीयवासी बताउँछन् । रावतका अनुसार केही दिनअघि मात्र भालुले सोही वडाका भीमबहादुर रावतको गोरु, छपी रावतको एउटा गाई, वीरुकुम रावतका दुई गोरु र बलबहादुर रावतका दुई भेँडा भालुले मारेको जयलालले जानकारी दिनुभयो । बारी निकै घना भएकाले यस क्षेत्रमा भालुले वर्षेनी दुःख दिने गरेको छ ।