२५ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह



अ+ अ-

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्ने बताउनु भएको छ ।

बिहीबार राष्ट्रपति भवन शितल निवासमा शपथ लिएपछि मन्त्री साह मन्त्रालय पुगेर पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री साहले यस्तो बताउनु भएको हो ।

उहाँले विगतमा भएका काम र प्रगतिको जानकारी लिएर आफुले काम सुरु गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘यसमा चाहिँ छलफल गरेर काम गर्छु पहिलो मेरो प्राथमिकता भनेको मन्त्रीजीसँग कुरा गरेर पास्ट(विगत)मा केके भएको थियो ?जानकारी लिएर अगाडि बढ्यो भने सजिलो हुन्छ।’

तस्बिर : नेपाल फोटो सर्भिस