१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूतपूर्व गोरखा सैनिकद्वारा भोक हड्तालको चेतावनी



अ+ अ-

काठमाडौं । बेलायती सरह पेन्सनलगायतका सेवा–सुविधा दिनुपर्ने माग राखेर वर्षौंदेखि संघर्षरत भूतपूर्व ब्रिटिस गोरखा सैनिकले आमरण अनसन बस्ने चेतावनी दिएका छन् । असमान व्यवहार हटाउन बेलायत सरकारलाई गरेको पटक–पटकको आग्रह सुनुवाइ नभएको भन्दै उनीहरूले भोक हडतालमा उत्रिने चेतावनी दिएका हुन् ।

उनीहरूले बेलायती सरकारलाई माग पूरा गर्न आउँदो २४ अक्टुबरसम्मको समयसीमा दिएका छन् । त्यतिबेलासम्म पनि बेलायत सरकारले मागबारे सुनुवाइ नगरे भोकहड्तालमा उत्रिने उनीहरूको चेतावनी छ । बेलायती सरकारविरुद्ध संघर्ष गर्दै आइरहेको गोर्खा सत्याग्रह संघर्ष समितिका अध्यक्ष ज्ञानराज राईले आफूहरूको चाहना संघर्ष नभएर वार्ता भएको बताएका छन् ।

साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै उनले आफूहरूले नेपाल र बेलायती सरकारले वार्तामार्फत समाधान खोजोस् भन्ने चाहेको बताए । ‘नेपाल र बेलायतका दुवै सरकार हाम्रा मागबारे छलफल गरेर निष्कर्षमा पुगुन् भन्ने हाम्रो चाहना छ’, राईले बेलायत सरकारलाई चुनौती दिँदै चीनको साउथ मर्निङ पोस्टसँग भनेका छन् ।

संवादमार्फत समाधान गर्न दुई सरकारले उदासीनता देखाए सास रहेसम्म हडताल गर्ने चेतावनी उनले दिए ।