१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य रु ५०० ले बढ्यो



अ+ अ-

काठमाडौं । मंगलबार सुनको मूल्य रु ५०० ले बढेको छ । अघिल्लो दिन छापावाल सुन तोलामा ७२ हजारमा कारोबार भएकोमा मंगलबार रु ५०० ले बढेर तोलामा ७२ हजार ५०० मा कारोबार भएको हो । यसैगरी तेजावी सुन ७२ हजार २०० मा कारोबार भएको छ ।

अघिल्लो दिन रु ८८५ मा कारोबार भएको चाँदी आज तोलामा रु ८९५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।