१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डो १०औँ पटक पोर्चुगल वर्ष खेलाडी घोषित



अ+ अ-

काठमाडौं । क्रिस्टीयानो रोनाल्डो १०औँ पटक पोर्चुगल वर्ष खेलाडी घोषित भएका छन् ।३४ वर्षीय रोनाल्डोले सन् २०१० र २०१४ बाहेक सन् २००७ देखि लगातार यस अवार्ड जितेका छन् ।

यसअघि सन् २०१० मा सिमाउ र २०१४ मा पेपेलाई पोर्चुगल वर्ष खेलाडी अवार्ड प्रदान गरिएको थियो ।

यस अवार्ड जित्ने क्रममा रोनाल्डोले एथ्लेटिको म्याड्रिडका जोआओ फिलिक्स, म्यानचेस्टर सिटीका बेर्नार्डो सिल्भा, स्पोर्टिङ लिस्बनका ब्रुनो फर्नान्डेज र वल्भ्सका रुविन नेभिसलाई पछि पारेका थिए ।

यसैगरी पेर्चुगल वर्ष अवार्डमा बेनफिकाको महिला र पुरुष दुवै टोलीले ‘टिम अफ दि इयर’ तथा प्रशिक्षक ब्रुनो लागेले उत्कृष्ट प्रशिक्षकको अवार्ड पाए ।