१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ८५ करोड नाघ्यो



अ+ अ-

काठमाडौं । चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ८५ करोड नाघेको छ ।चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टरका अनुसार चीनमा इन्टरनेट उपलब्धता दरमा १.६ प्रतिशतले वृद्धि भएको छ ।

चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार पछिल्लो एक वर्षमा चिनियाँ इन्टरनेट प्रयोगकर्ताको संख्यामा २५.९८ प्रतिशतले वृद्धि भई ८५ करोड ४० लाख पुगेको हो ।

तथ्यांक अनुसार ८४ करोड ७० लाख चिनियाँले इन्टरनेट चलाउनका लागि मोबाइल फोनको प्रयोग गर्ने गर्दछन् । जुन अघिल्लो वर्षभन्दा झण्डै ३० प्रतिशतले बढी हो ।

चीनमा इन्टरनेट प्रयोगकर्तामध्ये ९९.१ प्रतिशत सँग मोबाइल फोनको पहुँच रहेको छ ।पछिल्लो पाँच वर्षमा चीनमा मोबाइल् ब्रोडव्याण्ड इन्टरनेटको डाउनलोड स्पिडमा ६ गुणाले वृद्धि भएको छ भने मोबाइल इन्टरनेटको शुल्कमा ९० प्रतिशतले कमी आएको सिन्ह्वाले उल्लेख गरेको छ ।