१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसिया: तलब नपाएको झोकमा नेपाली गार्डद्वारा सुपरभाइजरको हत्या



अ+ अ-
सिसिटिभी फुटेजबाट लिइएको तस्बिर।

काठमाडौं । मलायाको एउटा अपार्टमेन्टमा काम गर्ने नेपाली सेक्युरिटी गार्डले तलब नपाएको झोकमा सुपरभाइजरको हत्या गरेका छन् । प्रहरीले घटनामा उनीसहित दुई नेपाली सेक्युरिटी गार्डलाई पक्राउ गरेको छ ।

द स्टार पत्रिकाका अनुसार भदौ १५ गते सुपरभाइजर ५४ वर्षका ली पो मेङलाई हेलमेटले कुटेको देखिन्छ। अर्को दिन स्टाफको शौचालयमा बाहिरबाट लक गरेको अवस्थामा उनको उनी रक्ताम्य अवस्थामा फेला पारेका थिए। अस्पतालमा पुगेपछि मृत घोषणा गरिएको थियो।

प्रहरीले यसलाई हत्या भन्दै अनुसन्धान थालेको छ। घटनामा दुई नेपालीसहित तीन जनालाई पक्राउ गरिएको बताए पनि पक्राउ पर्नेको नाम भने उनले खुलाएनन् ।