७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक राजस्व कार्यालयका कम्प्युटर अपरेटर घुससहित पक्राउ



अ+ अ-

बारा । आन्तरिक राजस्व कार्यालय सिमराका कम्प्युटर अपरेटर ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले कम्प्युटर अपरेटर सुदिप लामालाई नगदसहित सोमबार साँझ पक्राउ गरेको हो। लामो समयदेखि कर नतिरेको प्यान नम्बर बन्द गर्न रकममा सहुलियत गरी दिने भन्दै लामाले रकम लिएको अख्तियारको टोलीले बताएको छ।

अख्तियारका अनुसार लामाले कार्यालय समय सकिएपछि साँझ घुस रकम लिएका थिए। सिमराको एक होटेलमा खाजा खान बसेको समयमा अख्तियारको टोलीले उनलाई रङ्गेहात पक्राउ गरेको हो।