२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक राजस्व कार्यालयका कम्प्युटर अपरेटर घुससहित पक्राउ



अ+ अ-

बारा । आन्तरिक राजस्व कार्यालय सिमराका कम्प्युटर अपरेटर ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले कम्प्युटर अपरेटर सुदिप लामालाई नगदसहित सोमबार साँझ पक्राउ गरेको हो। लामो समयदेखि कर नतिरेको प्यान नम्बर बन्द गर्न रकममा सहुलियत गरी दिने भन्दै लामाले रकम लिएको अख्तियारको टोलीले बताएको छ।

अख्तियारका अनुसार लामाले कार्यालय समय सकिएपछि साँझ घुस रकम लिएका थिए। सिमराको एक होटेलमा खाजा खान बसेको समयमा अख्तियारको टोलीले उनलाई रङ्गेहात पक्राउ गरेको हो।