२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार समर्थक एघार नागरिक सेनाका सदस्य मारिए



अ+ अ-

तालुकान । अफगानिस्तानको उत्तर भागमा पर्ने प्रान्त तखारमा मङ्गलबार बिहान सबेरै तालिबान लडाकू समूहले सरकार समर्थक नागरिक सेनामाथि गरेको आक्रमणमा परी एघार जना नागरिक सेना मारिएका प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन् ।

याङ्गी काला जिल्लाको करीम्बावाइ इलामा रहेको जाँच चौकी तालिबान लडाकू गरेको आक्रमणपछि भएको झडपमा परी ती नागरिक सेनाका सदस्यहरु मारिएका प्रवक्ता खालिल असिरले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

यस झडपको क्रममा भएको दोहोरो गोली हानाहानमा परी कैयौ लडाकू मारिनुको साथै घाइते भएका बताइएको छ । तर मारिएका वा घाइते भएका लडाकू यकिन सङ्ख्या भने पुष्टि नभएको सरकारी स्रोतले जनाएको छ ।