२४ भाद्र २०८३, बुधबार
,
Latest
लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र



अ+ अ-

काठमाडौं । गत भदौ १० गतेको बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज तथा उद्धारसँगै पहुँच मार्ग पुनर्निर्माणको काम तीव्र बनाएको छ।

आयोजनाको ‘सर्भिस टनेल’सम्म पुग्ने पहुँच सडक खुलाउने काममा उल्लेखनीय प्रगति भएको छ। साथै, नदी वारिपारि आवतजावत सहज बनाउन डोरी (रोप) समेत टाँगिएको नेपाली सेनाले जनाएको छ।

बाढी आएको दिनमै नेपाली सेनाको टोली घटनास्थल पुगेर प्रारम्भिक रेकी गरेको थियो। त्यसपछि सुरुङको प्रवेशविन्दुबाट दलदल पन्छाउँदै भित्र प्रवेश गर्ने क्रममा सेनाले दुई जनाको शव फेला पारेको थियो।

भदौ १४ गतेदेखि नेपाली र भारतीय सेनाका विशेषज्ञ टोलीले संयुक्त रूपमा खोज तथा उद्धार कार्य अघि बढाइरहेका छन्। संयुक्त टोली सुरुङभित्र १०५ मिटरसम्म प्रवेश गरिसकेको छ।

खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी र तीव्र बनाउन बबक्याट एस्काभेटरसहित आयोजनास्थलमा उपलब्ध अर्को एस्काभेटर प्रयोग भइरहेको छ। उपकरणको सहायताले सुरुङभित्र जमेको दलदल पन्छाउने तथा उत्खनन गर्ने काम निरन्तर जारी रहेको सेनाले जनाएको छ।