४ पुष २०८२, शुक्रबार
,
Latest
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानबाट ५४ सय सैनिक फिर्ता लैजान अमेरिका तयार



अ+ अ-

काठमाडौं । संयुक्त राज्य अमेरिकाले तालिबान लडाकु समूहसँग २० हप्ताभित्र ५४ सय सैनिक फिर्ता लैजाने वाशिङ्टनका एक र्ताकारले बताएका छन्।अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सैनिक छन्।

अफगान नेताहरूलाई जानकारी गराएपछि जालमाइ खलिलजादले एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा बहुप्रतीक्षित सहमतिको विस्तृत विवरण पहिलो पटक सार्वजनिक गरेका हुन्।

तर उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सहमतिलाई अनुमोदन गर्नुपर्ने बताए।उनको अन्तर्वार्ता प्रसारण भएपछि राजधानी काबुलमा एउटा ठूलो विस्फोटन भएको छ।विदेशीहरू बस्दै आएको एउटा भवनको परिसरमा भएको विस्फोटनमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने एक सय १९ मानिस घाइते भएका छन्।

तालिबान समूहले सो आक्रमणमा आफ्नो संलग्नता भएको दाबी गरेको छ।उसले विदेशी सैनिकलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ।