६ असार २०८३, शनिबार
,
Latest
आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

“भर्चुअल” मुद्रा प्रयोग नगर्न राष्ट्र बैंकको आग्रह



अ+ अ-

बुजुम्बुरा । मध्य अफ्रिकी मुलुक बुरुन्डीको केन्द्रीय बैंकले नागरिकलाई भर्चुअल मुद्रा प्रयोग नगर्न चेतावनी दिएको छ । बैंकले यस्तो मुद्राको कारोबार अवैध हुने जनाएको छ । बुरुन्डीका गभर्नर जाँ सिजाले एक वक्तव्य प्रकाशन गरी यस्तो मुद्रालाई सरकार वा बुरुन्डीको केन्द्रीय बैंकले मान्यता नदिएको जनाउनुभएको छ ।

“कुनै पनि निकाय वा वित्तीय संस्थालाई विप्रेषण कारोबार वा अरु कुनै किसिमको भुक्तानी गर्दा यस्तो मुद्रामा गर्न अनुमति दिइएको छैन ।” गभर्नर सिजाले केन्द्रीय बैंकबाट इजाजतप्राप्त विश्वासिलो वित्तीय संस्थाबाटै आर्थिक कारोबार गर्न पनि आग्रह गरेका छन् ।

बैंकको एक अनुमान अनुसार बुरुन्डीमा २० हजारभन्दा बढी मानिसले हाल बिटक्वाइन (भर्चुअल मुद्रा) को कारोबार गरिरहेका छन् ।