४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेस चितवनले शुरु गर्‍यो समायोजन



अ+ अ-

चितवन । केन्द्रको निर्देशन अनुसार नेपाली काङ्ग्रेस चितवनले जिल्लामा क्षेत्रबाट समायोजनको काम शुरु गरेको छ। सङ्गठन संरचना अन्तर्गत तीनवटै क्षेत्रको समायोजनको काम सकिएको छ।

नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार पार्टीको क्षेत्र नं– १ मा राजु सिलवाल, क्षेत्र नं–२ मा भरत लामिछाने र क्षेत्र नं– ३ मा सरिता केसी चयन भएका छन्। यसअघि जिल्लामा पांँच निर्वाचन क्षेत्र रहेको थियो।

त्यतिबेला निर्वाचित क्षेत्रीय समितिका पदाधिकारी र सदस्यहरु समायोजनका क्रममा आफ्नो क्षेत्र अनुसार स्वतः समितिमा रहने व्यवस्था रहेको छ।

सभापति श्रेष्ठका अनुसार ६ वटै प्रदेश कार्यसमिति निर्माणका लागि भदौ १८ , १९ र २० गते क्षेत्रीय समितिको भेला डाकिएको छ। त्यसलगत्तै भरतपुर महानगरपालिका, राप्ती, कालिका नगरपालिका र इच्छाकामना गाउंँपालिकाको समायोजनको काम शुरु हुने उनले जानकारी दिए।

जिल्लाका तीन नगरपालिका माडी, रत्ननगर र खैरहनी बाहेक अन्य सबै तहमा समायोजन गर्नुपर्ने हुन्छ। असोज महीनाभित्रमा दुई वा त्यो भन्दा बढी वडा समायोजन भएका वडाको नेतृत्व चयन गर्ने काम गरिने जनाइएको छ।

चितवनमा समायोजनको लागि केन्द्रीय प्रतिनिधिका रुपमा डेमोक्रय्याटिक लयर्स एशोसियशन (डिएलए) का जिल्ला अध्यक्ष विष्णु अर्याललाई तोकिएको छ।

निर्वाचनको समयमा पाँचवटा क्षेत्रलाई तीनवटा क्षेत्रमा समायोजन गरिएसंँगै त्यसअघि बनेको नेपाली काङ्ग्रेसको समितिहरुलाई समायोजन गरिएको हो।