१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश प्रमुखले लोक सेवा आयोग विद्येयक प्रमाणिकरण गरे



अ+ अ-

विराटनगर । प्रदेश न.१ का प्रदेश प्रमुख प्रा.डा. गोविन्द बहादुर तुम्बाहाडले प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक मंगलवार .प्रमाणिकरण गरेका छन ।

प्रदेश सभाको भदौ १० मा बसेको ४० औ बैठकले यो विद्येयक सर्वसम्मत पारित गरेको हो । विद्येयक प्रमाणिकरणसँगै प्रदेश सरकारलाई आयोगको अध्यक्ष र सदस्य नियुक्ती गर्ने बाटो खुल्ला भएको छ । नेपालको संविद्यानको धारा २०१ को उपधारा (२) बमोजिक प्रदेश प्रमुखले विद्येयक प्रमाणिकरण गरेको प्रदेश प्रमुखका प्रेस सल्लाहाकार शेखर रेग्मीले बताए ।

प्रदेश सभाबाट पारित भई प्रमाणिकरणका आएका विद्येयकको संख्या ३७ पुगेको छ । प्रदेश लोक सेवा आयोगलाई प्रदेश निजामति , प्रदेश प्रहरी , प्रदेश संगठित संस्था , प्रदेश अन्य सरकारी सेवा , स्थानीय सरकारी सेवा र स्थानीय तहको संगठित संस्थाको विज्ञापन गरि कर्मचारी पदपूर्ती गर्ने अधिकार दिएको छ । आयोग गठन गर्दा १ अध्यक्ष र २ सदस्यको प्रावद्यान राखिएको छ । पदाधिकारी चयन गर्दा समावेशी सिद्धान्तको आधारमा कम्तिमा १ महिला अनिवार्य हुनुपर्ने विद्येयकमा उल्लेख छ ।

अध्यक्ष र सदस्यलाई मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश सभाका सभामुख र विपक्षी दलका नेता रहेको सिफारिस समितिले पठाएको नाम प्रदेश प्रमुखले नियुक्ती गर्ने व्यवस्था छ । सवै पदाधिकारीको कार्यकाल ६ बर्षको रहने छ । प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायधीशले अध्यक्ष सहित सदस्यलाई सपथ ग्रहण गराउने प्रावद्यान छ ।

आयोगका पदाधिकारीले राजिनामा दिए, ६५ बर्ष उमेर पुरा भए , मृत्यु भए , अस्वस्थ्य भए र अन्य प्रचलित कानून बमोजिम अयोग्य ठहरिएमा प्रदेश प्रमुखले बर्खास्त गर्ने व्यवस्था विद्येयकमा उल्लेख छ ।

अध्यक्षलाई पारिश्रमिक ६० हजार ६ सय ८० , टेलिफोन र पत्रपत्रिका खर्च २ हजार ५ सय , इन्धन १ सय लीटर , मोविल त्रैमासिक १० लीटर , चाडवाड खर्च १ महिनाको पारिश्रमिक बराबर , चारपाग्रे गाडी ,दैनिक भ्रमण भत्ता २ हजार ५ सय र विमा यात्रा २ लाख रहेको छ । यस्तै सदस्यलाई पारिश्रमिक ४७ हजार ३ सय ८० , पन्ध्र किलो मिटर भित्र आवास नहुनेलाई आवास खर्च बापत १५ हजार , घरमा बस्ने सदस्य र सरसफाईका लागी मासिक ४० हजार , विजुली , धारा पानीको लागी २ हजार , इन्धन ८० लीटर , चाडवाड खर्च १ महिनाको पारिश्रमिक बराबर , चारपाग्रे साधन , दैनिक भ्रमण भत्ता २ हजार र यात्रा विमा २ लाख रहेको छ ।