१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर एक युवाको मृत्यु



अ+ अ-

बुटवल । दाङमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । लमही–६ देउपुर स्थित यनुका पुनको घरमा मिस्त्री काम गर्ने क्रममा एक्कासी करेन्ट लागेर स्थानीय ३० वर्षीय जीवन चौधरीको उपचारका क्रममा मंगलबार ज्यान गएको हो ।

उनको लमही अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको दाङका प्रहरी प्रमुख विनोद विक्रम शाहले जानकारी दिए ।