४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् विस्तार हुन सकेन



अ+ अ-

बैतडी । बैतडीको पाटन नगरपालिका–८ को आरुबाटा तिम्ले टोलमा ४ वर्षमा पनि विद्युत् विस्तार हुन सकेको छैन् । कूल १२० बढी घरधुरी रहेको सो ठाउँमा विद्युत् विस्तारका लागि चारवर्ष पहिला पोल गाड्ने तथा तार जोड्ने काम भए पनि विद्युत् भने अहिलेसम्म शुरु भएको छैन् ।

केही पोल र तारको काम भए पनि काम बीचमै अधुरो रहेको स्थानीय वीरसिंह महराले बताए । विद्युत् प्राधिकरण र ठेकेदारको लापरवाहीका कारण गाउँमा विद्युत् विस्तार हुन नसकेको उनले बताए । विद्युत् विस्तारका लागि विद्युत् प्राधिकरणसँग पटक–पटक आग्रह गर्दा समेत कुनै सुनुवाइ नभएको उनले गुनासो गरे ।

ठेकेदारको लापरवाहीका कारण विद्युत् विस्तार नभएको र अबको केही दिनभित्रै काम सकेर सेवा शुरु गरिने विद्युत् वितरण केन्द्र पाटनका इञ्चार्ज पुष्पराज पन्तले बताए।