२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजार : परिसूचकमा २० अंकको सुधार



अ+ अ-

काठमाडौं । केही दिनयता निरन्तर ओरालो लागेको सेयर बजार मंगलबार ठूलो सुधार देखिएको छ । आइतबार र सोमबार दोहोरोे अंकले गिरावट आएको सेयर बजारमा मंगलबार २०.५७ अंकले सुधार भएको छ ।

मंगलबार नेप्से परिसूचक २०.५७ अंकले बढेर १ हजार १ सय ९० दशमलव ९० अंकमा पुगेको छ । यसअघि सोमबार १४ अंकले बजार घटेको थियो ।

दिनभर ७ हजार ८ सय १७ कारोबारबाट १७१ कम्पनीका २१ लाख ८४ हजार २ सय ७१ कित्ता सेयर किनबेच भएका छन् ।जसअनुसार कारोबार रकम ५१ करोड ५ लाख ५२ हजार ४१ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।

मंगलबार सबैभन्दा धेरै कारोबार हुने पहिलो नम्बरमा नेपाल बंगलादेश बैंक देखिएको छ । यो बैंकको संस्थापक सेयर सबैभन्दा धेरै किनबेच भएको हो । मंगलबार यो बैंकको ५ करोड ७२ लाख ३० हजार रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ ।।

कारोबार रकमका आधारमा दोस्रो नम्बरमा नेपाल बैंक देखिएको छ । नेपाल बैंकको ३ करोड २९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । तेस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स देखिएको छ भने चौथो नम्बरमा एनआईसी एशिया बेंक र पाँचौमा सानिमा बैंक देखिएको छ ।

यी बैंकहरुको क्रमशः २ करोड २० लाख, २ करोड १९ लाख र १ करोड ६२ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।