१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ओलम्पिक कमिटीकाे चुनाव राेक्न सर्वाेच्चकाे आदेश



अ+ अ-

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको २० गते हुने भनिएको चुनाव रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ ।नेपाल ओलम्पिक कमिटीका कार्यसमिति सदस्य कमलबहादुर चित्रकारले चुनाव रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले चुनाव रोक्न आदेश दिएको हो ।

चुनावका लागि मनोनयन प्रक्रिया सकिए सकिएको छ भने उपमहासचिव र कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । आसन्न चुनावका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले अध्यक्षमा मनोनयन गरकेका छन् ।

उपमहासचिव र कोषाध्यक्ष पदमा निर्विरोध भइसकेकाले २० गते १५ पदमा निर्वाचन हुन लागेको थियो ।